जन आकाश
एउटा भित्तेपात्रो परिवर्तन गरेर
वर्षभरीका एकथान नयाँ योजना
एक भकारी सपनाका तानाबुना
अनि
जीन्दगीका केही सफलताका कथाहरु
केही असफलताका ब्यथाहरु
नयाँ वाटाहरु
नयाँ समस्याहरु
नयाँ सम्बन्धहरु
नयाँ सघर्षहरु
नयाँ सघर्षहरुसँगै
एक वर्ष जवान हुदाको जोश
एक बर्ष बुढो हुदाको अनुभव
नदीको नयाँ छाल झै
यी नयाँ वर्षहरु
सधै आउछन्
अनि
कसैलाई नपर्खिकन गईरहन्छन् ।
कतिका फुलेका जीवनहरु
फक्रन्छन् कसैका बगैचामा
अनि
सुन्दर सुवास छरेर रमाउछन्
जोडिन्छन् केहि विराना मान्छेका
नयाँ साइनो र सम्बन्धहरु
केही पुराना मान्छेका गहिरो सम्बन्धहरु
तोडिन्छ समयसँगै
जस्तो विरुवामा पुराना पात झरेर
नयाँ पात पलाएको जस्तै गरी
यी नयाँ आउने वर्षहरुमा
सधै झै एकनासले उही पारामा
उहि गतिमा लयमा निरन्तर रुपमा
यो मान्छेका जीवन रहेसम्म
आफ्नै नियमले फरक फरक ठाउँमा
फरक तरिकाले
नयाँ वर्षहरु आईरहन्छन्
गइहन्छन् सधै
समुन्द्रको लहर जस्तो गरी
एउटा मान्छेको जीन्दगी जस्तै ।।
तर
अव आउने नयाँ वर्षहरुमा पनि
कुनै फरक हुने छैन
केवल फरक हुन्छ त
मानिसको सोच, बिचार र चिन्तनहरु
प्रत्येक समाजका संस्कार र शैलीहरु
हरेक देशका राष्ट्रियता, प्रणाली र पद्धतीहरु
साच्चै मानिस भएर गर्व गर्न लायक
एउटा इतिहास बनाउने
मानवताको बिउ रोप्ने
प्राकृतिक सन्तुलन सहितको
सग्लो बिकास समृद्धि र लोकतन्त्र होस् ।
कसैले भोकै पेट तटपिनु नपरोस्
कसैले नाङगै बाँच्नु नपरोस्
कसैले आकाशलाई नै छाना मानेर बस्नु नपरोस्
सवै सुखी, खुसी भातृत्वको सम्बन्ध बनोस्
हामीले चाहेको एउटा सुन्दर
नयाँ वर्ष यस्तै हुनेछ ।।
प्रेमा संगम
कालिन्चोक ६ दोलखा
हाल कोटेश्वर काठमाडौ
९८४९७५७६१
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend