जन आकाश
काठमाडौ । प्रभु बैंकले काठमाण्डौ जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालन माल्याएको छ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो ।
बिशेष अदालतपरिसरमा बैशाख ३ गते १०ः०० बजे बिशेष अदालत काठमाण्डौेंका न्यायाधीश प्रेमराज कार्किले एक्स्टेन्सन काउण्टरको गरी काउण्टर सञ्चालनमा ल्याइएको हो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आप्mनो सेवाविस्तार गर्न सफलभएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्न सक्नेछन् ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा ब्त्ः, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधि युक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैकले जनाउदै आएइको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend