logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जताततैको  डढेलोले उजाड बनेको देश 


  • जन आकाश
  • सोमबार, बैशाख ६ २०७८

नेपाल अधिराज्यभर यो वर्ष डढेलोले देशै उजाड बनाउने गरी बनजङगल खरानी बनाएको छ । कुनै पनि जिल्ला खाली छैनन् डढेलो वाट मुक्त हुनलाई, “गृह मन्त्रालय अन्तर्गतको  बिपत्त ब्यवस्थापनले दिएको आधार मान्ने हो भने हालसम्म साना ठुला गरेर सतहत्तरै जिल्लामा आगलागीको घटना भएका छन् । भने साना ठुला वन जङ्गल खरानी बनेका छन् ।



बनजङगल खरानी बन्नुको साथै त्यस बनमा रहेका जीव जन्तु, पंक्षी, र्दुलव जनावरहरु, महत्वपुर्ण वनस्पति, जडीबुटी लगायत नष्ट भएका छन् । त्यसै गरी अन्य आगलागीको घटना वाट जनधनको पनि उत्तिकै मात्रमा क्षति भएको छ । यो नेपालको लागि निक्कै चिन्ताको विषय हो ।

आगलागी भइसकेपछि पछुताउनु भन्दा सतर्क भएर आगो लाग्न नदिनु चैँ बुद्धिमानी हुन्छ । त्यो काम आउँदा दिनमा गर्नुपर्ने देखिन्छ । यदि आगोलागी भएछ भने तुरुन्तै त्यसलाई नियन्त्रण गर्न सक्ने क्षमताको विकल्पहरू बनाएर राख्नुपर्छ त्यो काम विगतमा त्यति प्रभावकारी भएको देखिएको छैन ।

विशेष गरेर नेपालमा फागुन, चैत्र, वैशाख, महिनामा  धेरै आगलागी हुने गर्दछ । यी महिना आउनु भन्दा अगावै सम्बन्धित निकायले कार्यक्रम नै बनाएर प्रत्यक्ष त्यस्ता आगलागी हुने क्षेत्रहरूमा स्रोत साधन उपकरणको व्यवस्थापन गर्ने   र आगलागीका कारण, आगलागी हुन नदिन अपनाउने सावधानीहरूमा ध्यान दिनुपर्छ र आउँदो बर्सलाई झनै अनुभवको रूपमा आगलागी हुनै नदिने योजना अघिल्लो वर्ष नै बनाउने र आगलागी कथम् कदाचित भइहालेमा त्यसको नियन्त्रण छिटोभन्दा छिटो गर्न अपनाउने तरिका प्रयोगमा ल्याई अभ्यास समेत गरेर तयारी अवस्थामा राख्न सकिने गरी काम थाल्नुपर्छ ।

यस्तो गर्दा नेपालका वन जङ्गल जोगाउनको साथै नेपालले आगलागी हुने खतरा र जनधनको क्षति वाट जोगिन सहयोग पुग्छ । त्यसको साथसाथै राष्ट्रियस्तरमा नेपालको अनुभव बढ्छ । जसले हरियो वन नेपालको धन भन्ने नारालाई नेपालले सधैँ जोगाइ राख्न मद्दत गर्दछ । त्यसको अलवा प्राकृतिक वातावातरणमा प्रतिकुल असर पुग्ने कार्बनअक्साइडको मात्र कम हुन गई मानवले प्राप्त गर्नुपर्ने अक्सिजन प्राप्त मात्रमा उपलब्ध हुन्छ त्यो अक्सिजन विश्व मानव जगलाई नै राम्रो वातावरण बनाइ राख्न पे्ररेणा हुने काम हुन जान्छ ।

यस्तो मानवीय संवेदनासँग जोडियो प्राकृतिक वन जङ्गल जोगाउन हामी सबै नेपालीहरूको कत्व्य हो । यो काम सम्बन्धित निकाय र प्रत्यक्ष त्यस क्षेत्रमा जोडिएका स्थानीय बासिन्दासँगको समन्वयमा मात्र यो काम गर्न सकिन्छ । यस्ता वातावरणमैत्री नेपाल बनाउन  गहन अध्ययन गरेर चाँडो परिणाम आउने गरी कामको थालनी हुनुपर्छ ।

आउँदा दिनमा बर्सहरूमा कुनै आगलागीका घटनाहरू घट्न दिइनु हुँदैन ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend