logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेदरल्यान्ड विरुद्ध  मलेसियालाइ आज जित्नै पर्ने दवाव


  • जन आकाश
  • बुधबार, बैशाख ८ २०७८

काठमाडौं:  नेपालमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।



टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

आज नेदरल्यान्ड्सले मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

मलेसियाविरुद्ध जित निकालेमा नेदरल्यान्ड्स फाइनलमा स्थान बनाउन  सफल हुनेछ ।

यता, मलेसियाले भने पहिलो जितका लागि शसक्त रुपमा मैदानमा उत्रने तयारी गरेको छ ।

मलेसियाले पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्ने छ ।

मलेसियालाई भने फाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब बढेको छ ।

दुई खेलमा अंक जोड्न असफल मलेसिया अंक तालिकाको पुछारमा छ ।

नेपालले भने ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend