logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनमोर्चा नेपालका नेता कार्यकर्ता नेकपा(माले)मा प्रवेश


  • जन आकाश
  • बुधबार, बैशाख ८ २०७८

काठमाडौ । मिति २०७८ साल बैशाख ८ गते जनमोर्चा नेपालका नेता कार्यकर्ताहरु नेकपा(माले)मा प्रवेश गरेका छन् । उनिहरुले नेकपा(माले)ले लिएको देशभक्ति नीति आफुहरुलाई मन परेको र कम्युनिष्ट सिद्धान्तको पुर्ण पालना गर्ने नेपालमा नेकपा (माले) माात्र भएको भनि पार्टी प्रवेश गरिसकेपछि बताएका छन् । हो पनि त्यस्तै नेपालको झापा बिद्रोहका नायक सिपी मैनालीले नेतृत्व गरेको पार्टीले उठाउदै आएका माक्सवाद–लेलिनवाद, र माओत्सेतुङ बिचारधारा पछ्याउने तर नेपालको भौगोलिक अवस्थावाट नेपाल सुहाउदो नेपालमुखी कार्यक्रमले मात्र नेपालको स्वाधिनता र नेपालीहरुको उन्नति हुन्छ भन्दै नेपाल चिन्तनको अवधारणा नेकपा(माले)ले अपनाउदै आएको छ ।



बिगतमा मदन भण्डारीको जवजसँग सैद्धान्तिक प्रतिस्पर्धा गर्ने मैनालीको आजपनि नेपालको कम्युनिष्ट बिचारधारामा अन्य नेताहरुभन्दा उच्चस्तरको ज्ञान, बुझाई प्रष्ट रहने गरेको छ । तर नेपालमा बिदेशी तावेदारी हावी हुदा वास्तविक कम्युनिष्ट आन्दोलन अगाडी बढ्न सकेको छैन । तर पछिल्लो घटनाले वास्तविक कम्युनिष्ट पार्टीहरुको खोजी हुन थालेको जनमोर्चा जस्तो ईतिहास बोकेको पार्टीका कार्यकर्ता समेत नेकपा (माले) मा प्रवेशले नयाँ कोर्स शुरु भएको मान्न सकिन्छ किनकी नेपालमा पुर्ववाट कुनैवेला बिद्रोहको ईतिहास बनाएका र पश्चिममा बिद्रोह गरेको मशालको इतिहासवाट आएको जनमोर्चा नेकपा (माले)मा एकीकृत हुनुले पनि नेपालको साचो कम्युनिष्ट एकताको शुरुवात भएको मान्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend