जन आकाश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।
मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् ।
एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए ।
बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सन्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।
एमाले पार्टी धुम्वराईमा सारेर काम गदै आएको एमालेले एकीकृत माओवादी पार्टीलाई पनि गाभेर नेकपा–नेकपा बनाएको थियो उक्त पार्टी एकीकरणपछि उत्पन्न विवादले ठुलो रुप लिएपछि धेरै जति काम सवै बालुवटारवाट हुदै अएको थियो । आज उदघाटन हुने कार्यलय पछि पार्टीका केही गतिविधि थापाथलीवाट हुने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य स्थितिको कारण आउदा दिनमा पनि धेरै जति कामहरु बालुवाटारवाट हुनसक्ने आकलन गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend