logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालयन र इन्भेष्टमेन्ट को नाम, हिमालयन इन्भेष्टमेन्ट बैंक हुँदै २४ अर्ब ९२ करोड चुक्ता पुजी भएको ठुलो बैक हुने


  • जन आकाश
  • सोमबार, बैशाख १३ २०७८

काठमाडौं । हिमालयन बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंकबीचको मर्जर (गाभिने) प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।



यी दुई बैंकबीच मर्जरअघि हुनुपर्ने प्रायः सबै किसिमका अध्ययन तथा अन्य तयारीहरु पूरा भएर मंगलबार एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

मर्जरपछि बैंकको अध्यक्षको जिम्मेवारी हाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् ।

 

त्यस्तै बैंकमा दुई जना सीईओ रहने छ । जसमा सिनियर सीईओको जिम्मेवारी हिमालयन बैंकका सीईओ अशोक राणा रहेनछन् ।

इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे जुनियर सीईओ रहनेछन् । निश्चित क्षेत्रहरु छुट्याएर उनीहरुको कार्यविभाजन हुनेछ ।

यी दुई बैंकको मर्जरपछि भने नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने सहमति भएको छ ।

मर्जरपछि बैंक एकै स्थानमा रहेका शाखाहरु समेत मर्ज हुने भएकोले धेरै कर्मचारी कटौतीमा पर्नसक्ने देखिएको छ ।

हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ ।

 

यी दुवै बैंक १ अनुपात १ को स्वाप मर्जरमा गएमा २४ अर्ब ९२ करोड पुग्ने देखिएको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend