logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शिवपुरी साहित्य समाजद्धारा कार्की सहित स्रष्टा सम्मानित


  • जन आकाश
  • सोमबार, बैशाख १३ २०७८

काठमाडौ । शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसरमा टोखा नगरपालिका बौंडेश्वर झर्नास्थित महादेव मन्दिरको प्रांगणमा कोरोनालाई चुनौती दिएर सामाजिक दूरी पालन गर्दै ०७८ वैशाख ११ गते शनिवार दिनको १२.३० देखि ४.३० सम्म गुन्दु्क , मकै भटमास, कुखुरा र घर पालुवा सोमरस (ईच्छुक) हरूले स्वाद मानेर तृप्त भएको धारणा व्यक्त गरेका थिए ।



कार्यकममा प्रमुख अतिथि डा.तुलसीप्रसाद भट्टराई, अतिथि टोखा न पा वडा नं. १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारी, साहित्यकारहरू त्रिभुवनचन्द्र वाग्ले, प्रकाश घायल, विष्णुबहादुर सिंह, एच. के धिताल, रूपा रिसाल चािलसे, माधव विडारी, रेणु अधिकारी मौनता, जगदिश अधिकारी, इन्दिरा रेग्मी, पिडालु पन्डित, विनोद नेपाल, शम्भुप्रसाद गजुरेल, मदनप्रसाद नेपाल, दीपक लोहनी, माधव घिमिरे अटल, गोर्खे साइँलो, मिना लामिछाने, सुरेश बैधे, सुश्मिता श्रेष्ठ, भोला दुलाल, डा। भीष्मकुमार भूसाल, गंगा आचार्य सेढाइ, विमला अधिकारी देवकोटा, हरिओम अधिकारी, बद्री उप्रेती, रूद्र अधिकारी, रविन्द्र आशिष शैली, शिला अधिकारी, प्रोल्लास सिन्धुलीय, लक्ष्मी भट्रटराइ परिधि, राजु स्वाङतान, राबत, गोकुलप्रसाद धिताल, राजु बुढाथोकी, लव खड्का, राजकुमार बानियाँ, किशोर अधिकारी, राज अधिकारी,अष्टकुमार श्रेष्ठ, रामेश्वर के.सी, आचलकुमार शर्मा, गणेश बाबु अधिकारी बाबू, रोम लम्साल, सारिका लुइँटेल, राजेन्द्रप्रसाद भट्ट हावा, जयबहादुर घिमिरे, जनार्दन घिमिरे, निशेष बुढाथोकी, सन्तोष लामिछाने, विजय थापा र वियोगी बुढाथोकीको उपस्थिति थियो ।

कार्यक्रमको सभापतित्व शिवपुरी सन्देशको ८८औ बूनपा अंक गरेको थियो भने स्वागत तथा सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय वियोगी बुढाथोकीले गरेका थिए ।

उपस्थितमध्ये २७ जनाले कविता, गजल, मुक्तक वाचन गरेका थिए । वाचित रचनाको मूल्यांकन दीपक लोहनी, राजकुमार बानियाँ र प्रोल्लास सिन्धुलीयले गरेका थिए । वाचित रचनामध्ये उत्कृष्ट पाँच जनालाइ पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, वडा अध्यक्ष, विष्णुबहादुर सिंह, एच. के धितालले मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथि डा.तुलसीप्रसाद भट्रटराइले विष्णुपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान, शिवपुरी गजल सम्मान र पुरस्कार तथा मानशोभा प्रतिभा पुरस्कार तथा सम्मान बाट सम्मानित स्रष्टाहरू प्रकाश घायल (शिवपुरी) गजल सम्मान २०७६ राबत (शिवपुर गजल सम्मान २०७७)गोर्खे साइँलो, डा. भीष्मकुमार भूसाललाइ सम्मानपत्र, वियोगी बुढाथोकीले रूद्राक्षको माला, लक्ष्मी भट्टराइले फूलको माला लगाएर बधाइ दिइएका थिए ।

कार्यक्रमको समापन हुनु अघि प्रमुख अतिथि, वडा अध्यक्ष, एच. के धिताल र माधव विडारीलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
इच्छाशक्ति र रोगसंग लड्ने अठोटलाइ धन्यवाद दिनै पर्छ कारण बुटबलबाट डा. भीष्मकुमार भूसाल, चितवनबाट गोर्खे साइँलो उपस्थित भएका थिए ।
सोही अवसरमा प्रमुख अतिथि, अतिथि तथा सम्मानित स्रष्टाहरूले विष्णुबहादुर सिंहको पहिरो सँगसँगै र शिवपुरी सन्देशको ९१ औ अंक लोकार्पण पनि गरेका थिए ।

पचासभन्दा बढीको संख्यामा साहित्यकारहरूको उपस्थिति थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend