logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टि ट्वान्टी क्रिकेटमा मिलेको जस्तै सफलता अरुमा पनि मिलोस् 


  • जन आकाश
  • मंगलबार, बैशाख १४ २०७८

 



नेपालमा भरखरै भएको त्रिकोणात्मक टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको सिरिजमा नेपाली क्रिकेट टिमले राम्रो खेल प्दर्शन गरेर उपाधि प्राप्त गरेको छ । यो सफलताले अन्य क्षेत्रलाई पनि उत्साह जगाउने काम गरेको छ । क्रिकेट सामुहिकतामा खेलिने खेल हो । जसमा समुहगत भावनाको अति नै खाचो पर्छ । त्यो नेपाली क्रिकेट टिमले देखाएको छ । यो भन्दा अगाडी नेपालमा नै भएको त्रिदेशीय फुटवल खेलमा पनि नेपालले उपाधि हात पारेको छ । यहि ३ महिनाको बीचमा नेपालले खेलकुदमा प्राप्त गरेका महत्वपुर्ण दुईवटा सफलताहरु हुन् ।
नेपालीहरुको एकता देशभक्ति भावनामा अटल रहेको त हाम्रो इतिहाँसले देखाएकै छ । बिश्व आधुनिक युगमा छ । हरेक क्षेत्रहरुमा प्रविधिक ज्ञान पनि जान्नु पर्ने आजको आवश्यकतालाई आत्मसाथ गर्दै बिस्तारै नेपाली खेलकुदले पनि त्यसको अनुशरण गर्न थालेको छ । नेपाललाई खेलकुद क्षेत्रावाट चिनाउन खेलकुद क्षेत्रका खेलाडीहरुको लगाव पनि देखिन थालेको छ ।

खेलकुदले हामी बिभिन्न धर्म, समुदाय, क्षेत्र, वर्ग, भाषा, संस्कृतिका नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ । अनेकोै दुखः पीडा बिर्साएर खुशी साट्न खुशी हुन उत्साह भर्ने काम खेलकुदले नै गर्छ ।सवै नेपालीहरुको मन मष्तिकमा राष्ट्रिय धुन बज्दा र आफ्नो देश नेपालको राष्ट्रिय झण्डा फहराउदा सवै नेपाली गर्व र्गदै रमाइरहेका हुन्छौ । यो हो पुस्तौ देखि देशप्रतिको अथाह माया र संस्कार हामी नेपालीहरुको, अझ त्यहामाथि हाम्रा नेपाली खेलाडीहरुले देखाएको बुद्धि, बिवेक र आटले खेल जितेर राष्ट्रको नाममा उपाधि उचाल्दा यो धर्ति नै सुनौलो घामले पहेलपुर बनाए जस्तो लाग्छ, हाम्रा देशका हिमालहरु चारैतिर हासिरहे जस्तै नेपालीहरु खुशीले र्हर्सोल्लास मानिहरेका हुनेछन् ।
यस्तै खुशी हरेक क्षेत्रमा हामी नेपालीहरु मनाउन चाहान्छौ । नेपालमा राजनीतिको नाममा भइरहने अस्थिरताले निक्कै दुखः दिने गरेको छ । त्यो पनि परिवर्तनको नाममा, परिवर्तन याहा नेता, भ्रष्टचारी, काला ब्यापारीहरुलाई मात्र हुने जस्तो देखिन्छ । जसले एकलौटी बजरा गर्न पाएनन् तिनिहरुले नेपालमा अस्थिरता मच्चाएर इतिहाँस छ ।

जस्तै हतियार खरिद, हत्या, हिंसा, चक्काजाम, तोडफोड, आगजनी, तालाबन्दी, जस्ता छुद्र काम राजनीतिक पार्टीहरुले नै नेपालमा गरेका थिए । गदैछन् ।

राष्ट्रिय सदभाव, एकता , माया, दया, करुणाले भरिपुर्ण भएका मानवतावादी नेपालीहरु, जसले कोही भोकै भएको र आफ्नो अगाडी कोही छ भने देखाएर एक्लै आफ्नो भोक मेट्न सक्दैनन् । बाडी चुडी खाने नेपालीको संस्कृति हो । सुसंस्कार भएका हामी नेपालीहरुमा केही समय अगाडी राजनीतिक पार्टीहरुको कुविचारवाट छिराइएको जाति, धर्म, वर्ग, सस्कृति र नेपालको सामुहिक एकतामा बिखण्डन ल्याउने कुविचारले यतिवेला नेपाली समाजलाई जातिय बिभाजनतिर लगेर बिवादको बिउ रोप्दै एक अर्कामा दोषारोपन गरेर नेपाली समाजलाई बदनाम गराउने काममा हाम्रो देशका अग्रणी भुमिका खेलिसकेका कार्यकारी प्रमुख भइसकेका कोही कार्यकारी नै भइराखेकाहरुले गरेको कार्य देशको पक्षमा हुन सक्दैन ।

त्यसैले यस्तै क्रिकेट, फुटवल खेलाडीहरुले जस्तै गरी समुहगत रुपमा एकताको जोडवाट बिकासको नयाँ अभियाँन थाल्नुपर्ने देखिन्छ । नजानेका र कहिलेकाही वातावरणले समेत प्रभाव पारेको हुन्छ । त्यस्तै यो नेपाली खेलाडीहरुले देखाएको टिमवर्क जस्तै राजनीतिक पार्टीहरुले देश बनाउने टिमवर्क गरुन् सवै नेपालीको यसैमा भलो हुन्छ । क्रिकेटमा जस्तै सफलता राजनीतिक क्षेत्रमा पनि मिलोस् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend