जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ बैशाख १८ गते शनिबार तेह्रौं अनलाइन कार्यक्रममा आमाहरूको सम्मानमा सुसेली गायन तथा रचना वाचन सम्पन्न गरेको छ ।
सुसेली मञ्चका संस्थापक तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजन तथा सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा नोवेल साहित्य संस्थाकी सचिव सुशीला ढकाल अधिकारीले कार्यक्रम शुरु गर्नुभएको थियोे ।
सुसेली गायन कार्यक्रममा सरिक २७ जना कवि साहित्यकारहरूले आमाहरूको सम्मानमा आमाको ममता, महत्त्व र आमा विनाको संसारको कल्पना समेत गर्न नसकिने कुरामा जोड दिँदै त्रिपदीय नेपाली लोकलय सुसेली, कविता, खोरिया र गजल विधामा रचना गरि गाउनु र वाचन गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि डा. शैलेन्दु प्रकाश नेपालले छोटो समयमा नै नेपाली त्रिपदीय लोकलयको लघुतम विधा सुसेलीले गर्दै आएको प्रगतिको प्रसंशा गर्दै यो विधा रचना गर्न सजिलो र चोटिलो हुनुका साथै मीठासपुर्ण ढंगमा गाउन सकिने भएको हुँदा आगामी दिनहरूमा यसको लोकप्रियता अझै व्यापक हुने कुरामा आफू विस्वस्त रहेको कुरा बताउँदै आफूले रचना गरेका आमाको महिमा सम्बन्धि सुसेलीहरू सुमधुर स्वरमा गाएर सुनाउनु भएको थियो ।
अर्का विशिष्ट अतिथि कवि डिल्लीप्रसाद मूलतिहुनले कार्यक्रममा धेरै कुरा गर्नु भन्दा पनि आमा विषयमा सुसेली नै प्रस्तुत गर्न रमाइलो हुने भन्दै आमा सम्बन्धि सुसेलीहरू गाएर सुनाउनुको साथै राम्रा सुसेली रचना गर्ने सम्पुर्ण सुसेलीका सर्जक तथा गाएकहरूको प्रसंशा गर्दै आजको कार्यक्रम उत्कृष्ट भएको बताउँनु भयो ।
दुई बर्ष अघि माता तीर्थ औसिमा दिन सुरु भएको पहिलो सुसेली गायनको स्मरण गर्दै कार्यक्रममा सुसेलीका कुरामा टिप्पणी गर्ने जिम्मेवारी बहन गर्नुहुने कवि साहित्यकार तथा सुसेलीका अभियन्ता दामोदर ढकाल दिपकले छोटो समयमा नै सुसेलीले धेरै स्रष्टा सर्जकहरू जन्माउन सफल भएको र हाल सम्म ५ वटा सुसेलीका कृतिहरू प्रकाशित भैसकेका र ६ वटा कृतिहरू प्रकाशोन्मुख रहेको जानकारी दिँदै सुसेलीमा आएको स्तरीयतामा आफूलाई गर्व महसुस भएको बताउँनु भएको थियो ।
पहिलोपटक सुसेलीको कार्यक्रममा सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै अर्का विशिष्ट अतिथि बाछिटा विधाका प्रवर्तक खगेन्द्र प्रसाद बस्यालले आमा सम्बन्धि मार्मिक सुसेलीहरू प्रस्तुत गर्नुभएको थियो ।
तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि साहित्यकार मानन्धर अभागी सहित पाँचजना विशिष्ट अतिथि लगायत २७ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै आमाहरूमा समर्पित सुसेलीको कार्यक्रम भव्य तथा सभ्य तवर बाट सु-सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका सभापति भमरकोटेले सुसेली विधाले गर्दै गरेको प्रगतिमा सहयोगी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित र सहभागी कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि लक्ष्मीप्रसाद मिश्र, सुरेशचन्द्र घिमिरे, उत्तम बिचार भेटुवाल, आर्त अकुलीन, चन्द्रा न्यौपाने, वासुदेव ठकुरी, निर्मलरमण पराजुली, सुधा बास्कोटा ढकाल, उर्मिला पन्त, जनार्दन अधिकारी धड्कन, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, धरणीधर गुरागाई, सीता अधिकारी पाण्डे, कृष्ण केसी, तोयानाथ सुवेदी, शारदा आचार्य, सीता विष्ट कार्की, विन्दु अधिकारी ।
नेटले साथ नदिएको कारण केही कविहरूले उपस्थित रहेर पनि वाचन गर्न असमर्थ रहनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend