जन आकाश
रामेछाप । रामेछाप जिल्लामा १८ गतेवाट लागेको निशेधज्ञाको ९ औ दिन आज पनि सुनसान छ। बिहान तरकारी अति आवश्यक बस्तुवाहेक अन्य काममा कोहि निस्केका छैनन। त्यसैगरी यातायातका साधनहरु पनि चलेका छैनन् ।

मन्थली नगरपालिकामा अत्याधिक गर्मी हुन थालेको छ । गर्मीका कारण पनि स्थानीयहरु बहिर निस्केका छैनन् भने अन्य आवतजावत गर्ने यातायात र मानिसहरूलाई प्रशासनले कडाइ गरेका कारण मन्थली सुनसान भएको हो।

रामेछाप जिल्लामा अहिले सक्रमितको संख्या बढदै गएको भनेर जिल्ला प्रशासन कार्यलयले १८ गते रातिवाट निशेधज्ञा जारी गरेको थियो।
त्यसपछि मन्थली सुनसान नै छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend