logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लकडाउन रामेछापको खरानेटारमा समेत पुग्यो


  • जन आकाश
  • बिहिबार, बैशाख ३० २०७८

लकडाउन रामेछापको खरानेटारमा समेत पुग्यो
रामेछाप । यहि १६ गतेदेखि शुरु भएको निशेधज्ञा रामेछाप जिल्ला पनि नराम्ररी प्रभावित भएको छ।



रामेछापका स्थानीय निकायहरूमा जरो, रुघाखोकीका बिरामी एक्कसी बढेपछि जिल्ला प्रशासन कार्यलयले अनावश्यक काममा ननिस्कन१८ गते  निर्देशन जारी गरेको थियो। त्यसपछि रामेछाप जिल्लाको खैरेनिघाट देखि गुम्देलसम्मका बजारहरु सुनसान छन ।

आज बिहान गोकुलगङगा वाड न . १ खारानेटार  सुनसान थियो। जुन ठाउँमा दैनिक किनमेल गर्ने, माथिल्लो खिम्ती जलविद्युत आयोजनामा कामगर्ने कर्मचारी, स्कुल, सरकारी गाई फाम लगायतको आवतजावत हुदा १८ गते भन्दा अगाडी  हजारौं मानिस ओहोरदोहोर हुने ठाउँ हो ।तर अहिले त्यस्तो छैन।

अहिले त्याहाका मानिसहरू आफै सतर्क भएर बसेका छन् ।

त्यो सङै नजिकैको वडा ठोसे पनि सुनसान नै छ। ३ न. वडा रसनालु र ४ वडा बेतालि अलिअली खुलेका  छन् ।  नवाडी चोकमा बजार नखुलेको भएपनि मानिसहरूको भिडभाड देखिन्थ्यो ।
सडकको काम तीब्र

यहि समयमा गोकुलगङगा गाउँपालिका भित्र पर्ने  सडक खिम्ती-नमाडी पिचको काम धमाधम भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend