logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता


  • जन आकाश
  • बिहिबार, असार २४ २०७८

Print

काठमाडौं । नेपाली राजनीति विशेषज्ञ, सर्जक(लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन यही २० गते भएको छ ।



नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इन्स प्रा. लि.ले जुम तथा क्लब हाउसबाट सम्पन्न गरेको थियो । एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्व तथा उद्‌घोषणमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथिहरू तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लब हाउसबाट डिजिटल विमोचनमा सरिक भएका थिए । कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि डा. खगेन्द्र नाथ शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका हुन् । ४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् । एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला(सज्जाको काम सम्पन्न भएको हो ।

डा.शर्माले त्यस कार्यक्रममा भने, “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु।“
कवि डा. शर्माको कृति “अकविता” को हार्ड कपि एरो एडमा उपलब्ध हुने पनि कार्यक्रममा जानाकारी दिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend