जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।
सर्बोच्च अदालतको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन् ।
देउवाले आजै सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन् । सर्वोच्च अदालतको निर्णय अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो ।
संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ । तर गठबन्धनमा सँगै रहेको बिद्रोही माधव (एमाले) समुहले साथ नदिने भएपछि संकटको सुई प्रधानमन्त्री हने दिनदेखि नै देखिन्छ ।
को को बन्दै छन त मन्त्रीहरु
नेकपा ( एकीकृत माओवादी) बाट उपप्रधान सहित नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसवाट अर्थ तथा बाणिज्य ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा गृह, जसपावाट उपेन्द्र यादव जनसंख्या तथा स्वास्थ्य यी मन्त्रालयहरु आज नै गठन हुने सम्भावना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend