जन आकाश
भानु जयन्ती २०७८
हे भानु तिमी आज हामी माझ,
छैनौ तापनी यहाँ भव्य साथ,
भेला भएर तिम्रो सम्झनामा,
चर्चा छ कृतिको विधा विधामा १.
नेपालको तन्हुम्मा जन्मिएर,
प्रतिबद्धतामा दृढ भएर,
भाषा साहित्य शिखरेेेै चुम्यौनी
हाम्रा आदिकवी भानु भयौनी २
घाँसी हो तिम्रो प्रेरणाको श्रोत,
त्यै प्रेरणाले भई ओत प्रोत ,
राम भक्ती गाथा राम्रै फिजायौ ,
हामिमा भाष्य एकता बढायौ ३
हाम्र आदिकवी भएरै छाड्याै,
तिम्रो ग्यान शक्ति सबैमा बाड्याै,
अनुबाद गर्यौ रामायनको,
त्यो झन् सम्पत्त्ति भो घर घरको ४
मिठास युक्त तिम्रो बिबेक,
ख्याती प्राप्त गर्यो देश बिदेश,
नेपालीका घर घरै किताब,
हजारौ हजार होलाहिसाब ५
ठूलो छ तिम्रो गुन देशलाई,j
बिर्सन्नौ कैल्यै पनियसलाई ,
हरेक वर्ष जन्म जयन्तीमा,
चर्चा हुने छ तिम्रो विद्वतामा६
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend