जन आकाश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।
विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।
नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने अनुपस्थित रहेका थिए ।
शेर बहादुर देउवालाई बिश्वासको मत प्रप्त हुन नसक्ने भन्ने बजार हल्ला स्वत निराकरण भएको छ । त्यसको अलवा सदनमा केही संसदहरुले बोलेको भनाइलाई आधार मान्न हो भने नेपालमा अस्थिरता बढ्ने संकेत बुझ्न सकिन्छ । राप्रपाका संसद राजेन्द्र लिङगदेन, जनसमाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बोल्ने क्रममा त्यस्ता शब्दहरुको प्रयोग भएको थियो । सदनवाट महन्थ ठाकुरले ठाडै यो सरकार जनमतवाट आएको त होइन । योत अदालतको परमादेशवाट आएको भनि छेडपनि हानेका थिए ।
अर्का संसद राजेन्द्र लिङदेनले आवरणमा जे जे देखिएपनि बिगतमा कतैवाट सञ्चालित नेपालमा अस्थिरता चलाईरहनेको निरन्तरता भनेर अभिब्याक्ति दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend