logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोरोना रोगको हल्ला कति वास्तविकता ?


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०७८

नेपालमा २०७६ सालमा नै कोरोनाको हल्ला शुरु भईसकेको थियो । यो एक सरुवा रोग हो । मानिसवाट मानिसमा छिट्टै सर्छ भनि बिश्व स्वास्थ्य संगठनले भन्दै आएको थियो । चीनमा कोरोनाको संक्रमण भनेर हल्ला गरिरहदा नेपाल कोरोनाको उच्च जोखिममा भनेर बिश्व स्वास्थ्य संगठनले नेपालको बदनाम गर्न बाकी राखेन । तर नेपालका आम सञ्चारहरुले तथ्यमा टेकेर खेलेको अहम भुमिकाको कारण नेपाल उच्च जोखिममा नभएको भनि पछि त्यहि बिश्व स्वास्थ्य संगठनले माफी समेत मागेको अवस्था छ ।
नेपाल हल्लाइ हल्लाको देश
एउटा कुनै ब्यातिले एक ठाउवाट भोलि नेपाल बन्द हरे भन्दै हिड्यो भने बन्द हुने देशमा कुनै तथ्यहरु चाहिदैन । कोरोना त हावावाट पनि सर्छ भनेर कसैले भनिदियो भने आत्तियर नै कतिपय नेपालीहरु मरेपनि होलान् । त्यो सामान्य खालको नागरिकले भनेको भएपनि एउटा कुरा हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले निकालेको एउटा रिर्पोटलाई आधार मानेर नेपालका केही डाक्टरहरु पनि त्गसै रिर्पोटमा आधारित भएर प्रचारबजी गरिराखे यो आवाश्यक भन्दा बढी प्रचार थियो ।



नेपालको अवस्था
नेपालमा कोरोना पोजेटिभ भई मरेकी भनिएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिला धुलिखेल हस्पिटलमा ज्यान गुमाएको पहिलो रेकर्ड मानिन्छ । त्यसपछि हल्ला खल्ला गर्न थालेका नेपालीहरु केही समय शान्त बसेका थिए । त्यो समयमा कतिपयले आत्महत्या गरेर मरे, कतित खाना नपाएर पनि मरे तर कोभिड नामको रोग सामान्य रुधाखोकी रहेछ भनि नेपालीहरुले भन्न थालिसकेका थिए । तर आम सञ्चार माध्यममा अकासै खस्यो पातल नै भासियो झै गरि कतिपय प्रयोजित अप्रत्यक्ष बिदेशी लगानीमा चलेका नेपालका ठुला मिडिया हाउस भन्नेहरुले अत्ति रञ्जित तरिकाले प्रचार गरे कतिले नयाँ भिरेन्ट तेस्रो लहर जस्ता हल्ला गरे । त्यो मानिसलाई आताङकीत पार्ने तरिका सिवाय अरु केही होइन ।

कोभिड सरुवा रोग हो । हावामा पनि सर्छ भन्ने जान्दा जान्दा किन कोभिड कोभिडको खोप लगाउने ठाउमा भिड हुन्छ ? त्यो भिड भएको हिशावमा किन मानिसमा कोभिड फैलदैन ? सेकेन्डमा टासलेशन हुन्छ भनेर प्रचार गर्ने बिश्व स्वास्थ्य संगठनले यसको जबाफ दिनुपर्छ की पर्दैन ? उनिहरुले भनेको जस्तै फैलने हो भने त सवै मानिस स्वाहा भइसक्नु पर्ने हो । पृथ्विीनै खाली भइसक्नु पर्ने हो । त्यस्तो देखिदैन । होइन ।

दैनिक नेपालमा मानिसहरु यति मरे उत्ति मरे भनेर प्रचार गरिन्छ । उसोभए हिजो अस्ति मानिस मदैन थिए ? मरिरहेकै थिए । तर कोभिड पछि हेर्ने हो भने सरदर मृत्यु संख्या घटेको छ । अहिले तत्काल मानिसहरु बाहिर फेरो ननिस्कदा र्दुघटना र बृद्धाबृद्धाहरु बाहिर फेरो ननिस्कदा चिसोवाट सुरक्षित हुदा मृत्युदर घटेको देखिन्छ । तर कोरोनाको डरले घरभित्र बस्दा अन्य स्वास्थ मानिसहरुलाई चै बिभिन्न खालका रोगहरु बढेका छन् ।

बिश्वका धनिराष्ट्रहरु चलखेलमा
यो कोरोना रोगको हल्लाको पछि लगाएर गरिव राष्ट्रहरुलाई रिनको भारमाथि भार थपाएर सधै शोषण गरिरहने र धनि राष्ट्रहरु झन धनि बन्ने नियत राखेर कोरोनाको हल्ला फिजाएको जस्तो संकेतहरु आईरहेका छन् । तत्र किन नयाँ नयाँ भिरेन्ट भनि प्रचारमा ब्यापकता दिदै छन् । एउटा राष्ट्रले उत्पादन गरेको खोपलाई अर्को खोप उत्पादन गर्ने राष्ट्रले बिरोध गदैछन् । याहा स्वार्थको केही न केही लुकेको छ । बिश्वका शक्तिसाली राष्ट्रहरुले आफु बिश्वको धनि बन्ने होडमा बिश्वका मानिसहरुलाई भ्रम सृजना गरी मानवको उत्पतिलाई नै चुनौति दिने गरी योजना बनाएको जस्तो देखिन थालेको छ ।

त्यही इरोप÷अमेरिकामा फुटबल आयोजना हुदा एकपटकमा ४०÷५० हजार संख्यामा मानिसहरु उपस्थित भएर खेल आयोजना गर्दा मानिसहरु माक्स नै नलगाई पनि हेरिहरेका थिए । के त्याहा चै कोरोना फैलदैन थियो । हाम्रो जस्तो मगन्ते देशमा चै कोरोनाको नामवाट बषौ बर्ष लकडाउन गरेर गरिवहरुलाई भोकभोकै मार्न किन तयार हुदै छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend