जन आकाश
केही समय शान्त भएको नेपालमा पुनः अस्थिरताले ठाउँ पाउने सङ्केत गरेको छ । संसद् विघटन पुनः स्थापनको खेलमा लुकामारी चलिरहेको बेला २०७८÷०४÷२८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री तोक्न आदेश दिएपछि बनेको नयाँ सरकारको विरुद्धमा विपक्ष दल देखिन्छ । अर्को तर्फ बाहिर वाट हेर्दा नेपालको आन्तरिक समस्या जस्तो देखिए पनि भित्री कुरो भने अन्तर्राष्ट्रिय प्रभाव र दबाब सहजै अनुमान लगाउन सकिन्छ ।
यो भन्ने आधारहरू नेपालमा विवादित रहेको अमेरिकी नियोग अन्तर्गत ९एमसिसि० अमेरिकन च्यालेन्ज कर्पोरेसन संसदवाट पास गराउनको लागि जुनसुकै अवस्था वाट नेपालमा अमेरिकी रणनीति अगाडी बढेको देखिन्छ । भने भारतले नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गरेर नक्सामा प्रकाशन गरेपछि भारत विरुद्ध एक ढिक्का भएका नेपालीहरूलाई विभाजन गर्ने भारतीय नीति महसुस हुने गरी नै देखिराखेको छ ।
नेपालमा नेपाली नागरता बोकेर भारतको लागि काम गर्ने नेताहरूको भारतमा आउजाउ बढी रहेको र अभिब्याक्तिहरु पनि त्यस्तै खालका आइरहनु अर्को एउटा सङ्केतको रूपमा बुझिन्छ ।
विगतमा जातपातको नाममा, भासाभासीको नाममा, धर्मको नाममा नेपालीहरूलाई लडाएर भिडाएर नेपालमा गृहयुद्ध भकाउने प्र¥आस पनि यी शक्ति राष्ट्रहरूले नगरेका होइनन् । तर नेपालका नेपालीहरू पुखौदेखि सदभाव, एकता धार्मिक सहिष्णुतामा रहँदै आएका र कसैले भड्काउन खोज्दा सुरुमा आफ्नो धर्म, जात, भाषामा अतिक्रमण हुन थालेको जस्तो लागेर आका्रेसमा आए पनि पछि बिस्तारै यो सुनियोजित चाल अरुनै कसैले नेपाली नेपाली बिचमा लडाइ गराई नेपाललाई गृहयुद्धमा फसाउने चाल रहेछ भन्ने बुझेर संयमित हुँदै नेपालको अखण्डतालाई बचाउन सफल भए र ती शक्ति राष्ट्रहरूले स्वतन्त्र नेपालको एकतालाई भत्काउन सकेनन् । नेपालीहरू एक ढिक्का छन् । भन्ने सन्देश त्यति वेला दिएका थिए ।
प्र¥आस अनेक खालका हुँदै आएका छन् । देख्दा राजनीतिक पार्टी, मानव अधिकारवादी, संघ÷संस्था भनेर खोलिएका भए पनि साना –ठुला जुनसुकै किन नहुन तिनीहरू कोही जानेर नै कोही नजानेर अप्रत्याशित डङ्गबाट परिचालित भइरहेको विभिन्न अध्ययनहरूले पनि देखाइरहेको छ ।
नेपालको अस्थिरतालाई बढवा दिएर आफ्नो स्वार्थ पूर्ति गर्न निवर्तमान सभामुख कृष्ण बहादुर महराको टेप प्रकरण वाट सुरु गराइएको राजनीति अस्थिरता नेकपा विभाजन हुँदै नेकपा एमाले र माओवादी केन्द्रसम्म विभाजन सम्म हेर्दा आहा बाहिर वाट देख्दा राजनीतिक लडाई देखिए पनि भित्री आशय नेपालमा अस्थिरताको खेती गर्न विगतमा जजसले भूमिका खेलेका थिए । त्यस्तै पुनः अस्थिरता रोपेर नेपालका नेपालीहरूलाई दुःख दिने र हतियार बेचेर पैसा कमाउने लाला सामा शक्तिकेन्द्र रहेका छन् ।
त्यस्तै राजनीतिक पार्टीका अहिले देखिएका गतिविधिले दर्साउँछ । देशमा रहेका युवा वेरोजगारहरुलाई राजनीतिक प्रशिक्षणको नाममा एकले अर्को पार्टी ÷संस्था प्रति अको्रश आरोप÷प्रत्यारोप हिंसामा प्रोत्साहित गर्ने खालका छन् । जसले नेपाल देश नेपाली जनताको हितमा देखिँदैन । विगतमा पनि राजनीतिको दाउपेचमा रुमलिदा देशले बेहोरेको आर्थिक, मानवीय क्षति र देशले विकासको गति लिन नसकेको साक्षी जनता बस्नु परेको छ । अहिले पनि सरकारभन्दा बाहिर रहँदा काँग्रेस पार्टीले आफूलाई अपमान गरेको सम्झेर विपक्षीलाई गर्ने व्यवहार र सत्ता वाट भरखरै बाहिर गएको एमाले बिचको तिक्तता चरम उत्कर्षमा गइरहेको छ ।
यो हाम्रो नेपालको पक्षमा छैन । प्रतिस्पर्धा चीन र अमेरिकाको भइरहेको छ । अमेरिकाले हिँडो प्यासिफिक सैनिक रणनीति अवलम्बन गर्न लागेको छ । भने चीनले आफ्नो विश्व सञ्जाललाई व्यापारिक रणनीति अवलम्बन गरेको छ । यो प्रतिस्पर्धाको सिकार नेपाल र नेपाली जनता हुनु परेको छ ।
यस्ता वास्तविक विषयहरू बुझेर नेपालका युवा जो अध्ययनशील छन् । शिक्षित छन् । सबैले नेपालको हितमा सोच्नुपर्छ । हाम्रो नेपाल आजसम्म अटल स्वतन्त्र रहेको हाम्रो पुर्खाहरूले गरेका योगदानले हो । हाम्रो योगदान देशको लागि हुनुपर्छ विदेशी शक्तिका लागि होइन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend