जन आकाश
अनुषा थापा
भक्तपुर
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिभागबाट दर्ता भई नेपालभरि लगभग ७ हजार सरकारी र निजी अस्पताल सञ्चालनमा आएको छ । त्यसमा सम्पुर्ण हेल्थ पोस्ट र जनस्बास्थ्य केन्द्र्हरु पनि पर्दछन् ।
स्वास्थ्य मन्त्रालयबाट दर्ता हुने बेलामा अस्पतालले हामी सर्वसुलभ रुपमा जनतालाई सेवासुविधा दिन्छौ । जनताको ज्यान जोगाउछौँ भनि शपथ लिएका हृन्छन् । तर अस्पतालहरुले ठ्याक्कै यसको उल्टो काम गरेको छन् । कुनै मान्छे बिरामी भएर अस्पताल गयो भने त्यहाँ पनि बिरामी ठग्ने काम भइरहेको हुन्छ । अलि पैसा हुने त निजी अस्पताल जान्छन् ।
तर आर्थिक कमजोर हुनेहरु त सरकारी अस्पताल नै जानुपर्ने बाध्यता छ । सरकारी अस्पतालले राम्रो सेवासुविधा दिन नसक्ने । अनि आर्थिक कमजोर भएकोहरु कँहा जाने ? निजी अस्पताल जाउ भने फर्कदा घरखेत रहदैन् । सरकारी अस्पताल जाउ भने ज्यान नै घर फर्कदैन् । जनता नै किन जहिले पनि पिल्सिहेको छन् ?
जँहा गएपनि आमसर्वसाधारण नै ठगिन्छन् । निजी अस्पतालहरु सेवा दिने नाममा ब्यापार गर्ने । सरकारी अस्पतालहरु बिरामी उपचार नै नगर्ने । सरकारी अस्पतालको डाक्टरहरु अस्पताल आउने हाजिर गर्ने, अनि आफ्नै क्लिनिक तिर दौड्ने । अस्पतालका कर्मचारीहरुले हामी बिरामीहरुको ज्यान बचाउन यँहा बसेको हौँ ब्यापार गर्न बसेको होइनौँ भनेर नसोच्दा अधिकांश बिरामीहरुको ज्यान गएको पनि देखेको छौँ । तर निजी र सरकारी अस्पतालले यसबारेमा नसोच्दा पनि धेरै बिरामीहरु उपचार नपाएर ज्यान गुमाइरहेको छन् । अस्पतालहरुमा यस्तो बेथिति हुदाँहुदैँ पनि स्वास्थ्य मन्त्रालय किन मौन छ ?
निजी अस्पतालहरु बिरामी उपचार गर्नुभन्दा पनि प्रचारप्रसार गर्नमा ब्यस्त देखिन्छन् । अनि त्यो विज्ञापन गरेको पैसा कँहाबाट उठाउने । जनताबाटै होइन् र ? सरकारी अस्पतालको कर्मचारीहरुलाई राजनितिक पार्टीको झोला बोक्दै ठिक्क । जनताले तिरेको तलब खाने अनि काम चाहि आफ्नो निजी क्लिनिकमा गर्ने ? सित्तैमा तलब पनि खान पाईने अनि यता आफ्नो निजी ब्यबसाय सञ्चालन गर्ने । सरकारी अस्पतालमा काम गर्नेलाई त फाइदै फाइदा । न आवश्यक परेको बेलामा अस्पताल पुग्नुपर्ने न त राम्रोसंग बिरामी जाच्ँने । सरकारले बिभिन्न दीर्घकालीन रोग लागेकोहरुलाई निःशुल्क उपचार र औषधीको ब्यबस्था गरेको छ । तर सरकारले निःशुल्क रुपमा दिने भनेको औषधी पनि सरकारी अस्पतालका कर्मचारीहरुले मेडिकललाई सस्तोमा बेचिरहेको छन् । डाक्टरले जाँच गरेर औषधी लेखिदिने अनि बिरामी औषधी लिन जादाँ औषधी छैन सकिसक्यो भनेर फिर्ता पठाइदिने ।
जनताले माग्न गएको औषधी त ती सरकारी कर्मचारीको निजी सम्पत्तिबाट आएको होइन् नि । कि ति कर्मचारीको निजी सम्पत्ति पेमेन्ट गरेको हो । स्वास्थ्य मन्त्रालयले पठाएको औषधीचाहि अस्पतालको कर्मचारीकोले सस्तोमा निजी मेडिकललाई बेच्ने । अनि त्यही औषधीचाहि बिरामीले निजी मेडिकलसँग मँहगोमा किन्नुपर्ने । जनताले तिरेको करबाट किनेको औषधी बेचेर मोज गर्नेमा यी निजी मेडिकलका ठगहरु परे ।
केही बर्ष अगाडि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो । एक घरमा ३५०० रुपियामा सञ्चालित त्यो बिमामा ५ जनासम्मको उपचार हुन्थ्यो । केही समय अगाडि बिमा कम्पनीले कोरोना भाइरसको उपचारको निमित्त भनेर बिमा पोलेसी ल्यायो । एक जनाले बिमा गरेबापत ६०० देखि १००० रुपिँया लिन्छ । बिमा कम्पनीले कोरोनाको उपचार गराउने त भन्यो तर कुन अस्पतालमा उपचार गर्ने भनि तोकेको छैन् ।
स्वास्थ्यको नाममा पनि ठगी
हाम्रो देशमा जत्तिपनि एम्बुलेन्स छ ती सबै अरु राष्ट्र्ले त्यत्तिकै दिएको हो । तर त्यही एम्बुलेन्सले अहिले ठगको धन्दा बढाइरहेको छ । एम्बुलेन्सले आफ्नो मर्जी अनुसार भाँडा लिइरहेको छ । जुन अस्पतालले कमिशन दिन्छ एम्बुलेन्सले पनि बिरामीलाई त्यही अस्पताल लगिदिन्छ ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागले एम्बुलेन्सको भाँडा नतोक्दा पनि एम्बुलेन्सको लुट मच्चिएको हो । एम्बुलेन्सहरु रातो प्लेटमा दर्ता हुन्छन् । आयल निगमले प्रटोल डिजेलको भाँउ बढाँउदा घटाँउदा एम्बुलेन्सको भाँडादर किन घट्बढ् हुदैन ।
शव बोक्ने शववाहन गाडीले पनि आफ्नो हिसाबले भाँडा लिएर जनता ठगिरहेको छन् । मरेको मान्छेको आफन्तसंग जत्तिपैसा लिएपनि यसको अनुगमन छैन् । कालो प्लेटमा दर्ता भएको गाडीहरु घरेलु र कम्पनीमा पञ्जीकरण भएको हुन्छ । तर एम्बुलेन्सहरु घरेलु र कम्पनीमा पञ्जीकरण भएको हुदैँन् । निजी प्लेटको गाडीले रोड परमिट र जाँचपाँस तिर्नुपर्छ । तर एम्बुलेन्सहरुले रोड परमिट र जाँचपाँस तिर्नुपदैन् । एम्बुलेन्सहरुले यसरी ठग्दा पनि सरकार किन मौन् ?
अस्पतालले बिरामीलाई उपचार गर्छ, पैसा लिन्छ तर सित्तैमा बिरामीलाई घर पृप्र्याइदिदैँन । अस्पतालमा कुनै पनि ब्यक्तिको मृत्यु भइहालेमा शववाहन गाडीले पनि आर्यघाटसम्म लगेबापत पनि पैसा लिन्छ । दाहसंस्कार गरेबापत पनि पशुपति कोषले पनि पैसा लिन्छ । कत्ति जानसंग त दाहसंस्कार गर्ने रकम पनि हुदैँन । किनभने भए जत्ति रकम त उनीहरुले अस्पतालमै तिर्दातिदै सिद्धिसकेको हुन्छ ।
पशुपति गृठीको नाममा भएको कत्ति जग्गा भाँडामा ल्याएको हुन्छ । अनि त्यो पैसा खोई ? खोजतलास छैन् । पैसा नहुने, आर्थिक कमजोर भएको मानिसहरुको सित्तैमा दाहसंस्कार गनृृपर्छ । यसो भयो भने त्यो मरेको मान्छेको आफन्तलाई पनि राहत मिल्छ ।
लेखकको विचारमा स्वतन्त्र हुने छ । कानुनी समस्या भएमा लेखक स्वय जिम्मेवार हुने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend