logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

साथीको सम्झना, कविता, डा. अमर कार्की


  • जन आकाश
  • मंगलबार, साउन १९ २०७८

 



डा. अमर कार्की

साथीको सम्झना

 

पोल्यो छाती हिजो साथी तिम्रै सम्झनाले

मिल्यो आज खुशी फेरी मिठो कल्पनाले

बिर्सिएउ कि कुसुलेको काक्रो चोरी खाको

स्कुल छाडी पौडी खेल्न नख्खु खोला गाको

सुका मानो बदाम किनी बाडी चुडी खान्थ्यौ

स्कुल बाहिर धुलेचौरमा चुङी खेल्न जान्थ्यौ

होमओर्क छुटे बिश्नु सरको सधै लठ्ठी खाने

एक अर्काले पिटाइ खादा खिती तिती हास्ने

कती खुशी लाग्ने पालेदाइले घन्टी बजाउदा

टिचर मिटिङ हाफछुट्टीको खबर दिन आउदा

कती रमाइलो स्कुलको बार्षिक उत्सब आउदा

गोरखापत्र भुइमा ओछ्याइ आलु चिउरा खादा

चिडिया घरको भ्रमण पनि लाग्थ्यो बिदेस सरी

बनमै पुगे जस्तो लाग्ने पन्छी देख्दा थरी थरी

पढीगुनी ठुलो हुने दौडाहामा लाग्यौ त्यती खेर

कती छिटो बित्यो बालापन पिर यती खेर

लाग्थ्यो जिन्दगी भर त्यसैगरी होला भेट घाट

लेख्दै छु यो सन्देश आज साथी धेरै टाढा बाट

डा. अमर कार्की,

ठेचो, ललितपुर

हाल, वेस्ट पाम बिच, फ्लोरिडा, अमेरिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend