logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एक अंगालो लाज ~प्रकाश घायल


  • जन आकाश
  • बुधबार, साउन २० २०७८

एक अंगालो लाज
~प्रकाश घायल



भंवराले फूल बलात्कारको
अभियोग खेपिरहेको छ
ढुकुर माथी महिला हिंसाको
आरोप लागेको छ।

चुपचाप छ…….प्रशासन
चुपचाप छ अड्डा अदालत
पीडितले न्याय पाउन
त,
कानुनको……कठघरामा
पीडक उभ्याइनु पर्छ
दोषी करार .गर्नुपर्छ।

साच्चै….भन्नुपर्दा
नैतिकता हराएपछि
लाज शरम पनि नहुने रहेछ।
त्यसैले होला ??
शहरमा,
सभ्यताको खोल ओढेका
असंख्य,
असभ्य ढुकुरका जोडीहरू
खुल्ला ठाउँमा
एक अर्काको अंगालोमा बधिएर
सभ्यताको आकाशलाई गिज्याई रहेछन्।।
०==0==०

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend