logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भ्रमपुर्ण समाचार प्रकाशन नगर्न सञ्चार माध्यमलाई सेन्चुरी बैकको अपिल


  • जन आकाश
  • बिहिबार, साउन २१ २०७८

 



काठमाडौ । सेन्चुरी बैक लिमिटेडले बिभिन्न सञ्चार माध्यममा आएका बैकका अध्यक्ष राजेश कुमार श्रेष्ठसँग जोडेर अनावाश्यक भ्रमपुर्ण समाचार आईरहेको हुदा उक्त समाचार सत्य, तथ्य आधारमा जानकारी लिई प्रकाशित गर्न सम्पुर्ण सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

मौरिसमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषणको विवादको बिषयमा मध्यस्ताकर्तासँग काम भइरहेको र उक्त विवाद चाडै सकिने भनि पनि उल्लेख गरेको छ ।

बैकले जारी गरेको अपिल यस्तो छ ।

ध्यानाकर्षण सम्बन्धमा

यस सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्तगर्न चाहन्छ ।

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्नु हुन समेत सम्पूर्ण संचारमध्यमहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौं । यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनी बीचको सम्झौतामा विवादित विषय मध्यस्त कर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता -Arbitration Tribunal); सँगको समन्वयमा आवश्यक कामकारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौं ।

तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने व्यहोरा समेत सम्र्पूण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend