logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

उद्योग मन्त्री साहको पहलमा ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाइँदै


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीति कार्यान्वयन गर्न लागेको हो।



निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योग एकीकरणको प्रक्रियालाई अघि बढाएको जनाएको छ।

यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

निगमका अनुसार ग्यास उद्योगहरू एकीकृत हुँदा ग्यासको भण्डारण, ढुवानी तथा बिक्री वितरण प्रणाली थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

उद्योग एकीकरणबाट सञ्चालन खर्च व्यवस्थापन, वितरण प्रणालीमा सुधार तथा उपभोक्तालाई सहज र भरपर्दो सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास निगमले लिएको छ।

विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकृत गर्ने सरकारी प्रयासले नेपालको एलपी ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend