logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माधव समूहको केन्द्रीय कमिटी  आज बस्दै , ओलीको आपत्ति


  • जन आकाश
  • बिहिबार, साउन २१ २०७८

 



काठमाडौं । नेकपा एमालेका विद्रोही नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी बैठक बिहीबार बोलाइएको छ । बुधबार नै बस्ने भनिए पनि केन्द्रीय सदस्यहरु राजधानी उपत्यकावाहिर रहेकाले आज बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बोलाइएको छ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र शीर्ष नेताहरुले राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्य तालिका छ ।

यो बैठक पार्टीको आदर्शको कुरा गरेपनि मन्त्रीमण्डलमा ककसलाई पठाउने भन्नेमा केन्द्रीत रहेको एकजना अर्का संस्थापन पक्षका नेताले बताएका छन् । उनले पार्टी एकतालाई बलियो बनाएर लाने समयमा वरिष्ठ नेता माधव नेपालहरुले छुट्टाछुट्टै बैठक गर्नुले नेकपा (एमाले)ले आपत्ति ब्याक्त गरेको ति सस्थापन पक्षका नेताको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend