जन आकाश
अनुषा थापा
२०७० सालमा सरकारले चृनाव गरायो । जनताको मत जितेर काग्रेंसको सरकार सत्तामा आयो । त्यस बेलाका प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सरकार स्थापित भयो ।
सुशील कोइरालाको सत्ता रहेकै बेला यातायात मन्त्री विमल निधि थिए । त्यससंगैं यातायात ब्यवस्था विभागको डिजीको रुपमा चन्द्र्मान श्रेष्ठ नियुक्ति भए ।
यी दृई जनाको मिलोमतोमा इम्बोस्ड नम्बर प्लेट गाडीहरुमा टाँस्नको लागि बंगलादेशको रहेको कम्पनीसंग सम्झौता भयो । सम्झौता हुने बेलामा यातायात मन्त्री र डिजीले ठुलो आर्थिक लेनदेनको सहायता लिएको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालको सडकमा साढे ३६ लाख सवारी साधन गुड्छन् । ती सम्पुर्ण सवारी साधनहरुमा पाँच वर्षभित्र इम्बोस्ड नम्बर प्लेट टासिसक्ने भनेर हाम्रो देशको यी दुई महान् दलालहरुले बंगलादेशलाई वचन दिएको थिए ।
त्यत्तिमात्र नभएर उनीहरुले यदि पाँच वर्षको अन्तरालमा इम्बोस्ड नम्बर प्लेट सम्पुर्ण गाडीमा टाँस्न नसके नेपाल सरकारले बंगलादेशलाई क्षर्तिपुर्ति दिने दाबा गरेका थिए ।
त्यसपछि यातायात व्यवस्था विभागको डिजी चन्द्र्मान क्षेष्ठलाई भ्रष्ट्रचार मुद्दा लागेको थिायो । तर विशेष अदालतले उनलाई सफाइ दियो ।
विमल निधि जो काग्रेंसको दरो खम्बा हो । जो आफुलाई पार्टीको सबैभन्दा शक्तिशाली उम्मेदारको दाबी गर्छन् । उनलाई त भ्रष्ट्रचार गरेपनि भ्रष्ट्रचारीको ट्याग लाग्ने कुरै भएन् । न हिजो मन्त्री हुदाँ उनले गलत रुपमा कमाएको सम्पत्तिको छानबिन भयो ।
हुन त हाम्रो देशमा वालुवाटारको सरकारी जग्गा बेचेर करोडपत्ति बनेको गच्छदारको विरुद्ध सरकारले कुनै ठोस कदम चाल्न सक्यो । अब देशमा कसले र कसको सत्ताले बढी भ्रष्ट्रचार गर्छ भन्ने कुरा जनताले मुल्याङकन गर्ने कुरा हो ।
इम्बोस्ड नम्बर प्लेटमा ठुलो भ्रष्ट्रचार भएको कुरा हरेक नेपालवासीलाई थाहा भएकै कुरा हो ।
इम्बोस्ड नम्बर प्लेटको इतिहास खोतल्ने हो भने हामी यातायातमन्त्री विमल निधि र यातायात ब्यवस्था विभागको डिजी चन्द्र्मान श्रेष्ठको कार्यकालमा पुग्छौँ ।
तर केही वर्ष अघिबाट हाम्रो राष्ट्र्मा इम्बोस्ड नम्बर प्लेटको चर्चा निकै व्यापक रुपमा फैलिएको छ ।
२०७३ जेठमा यातायात ब्यवस्था विभागद्दारा कम्तीमा १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको थियो । २०७४ सालसम्म त्यसमध्ये केही सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य सम्पन्न भयो ।
त्यसपश्चात् २०७४ फागुन महिनामा अङगे्रजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान र वितरणमा रोक लगाउनको लागि सर्वोच्च अदालतमा रिट दायर भयो ।
तर विडम्वनाको कुरा, २०७६।८।२७ गते अङगे्रजी भाषामा छापिएको इम्बोस्ड नम्बर प्लेट जडानमा लगाएको रोक खारेज भयो ।
फेरि पछिल्लोपटक २०७७।४।१ गतेबाट इम्बोस्ड नम्बर प्लेट जडान र वितरण सुरु गरिएको छ ।
सरकारले यो आर्थिक वर्षको सुरुदेखि सम्पुर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने बताएको थियो ।
सरकारले दिएको जानकारी अनुसार इम्बोस्ड नम्बर प्लेट एउटा यस्तो इलेक्ट्रेनिक्स डिभाइस हो जसले सवारीसंग जोडिएको अपराधलाई अन्त्य गराउछ ।
तर अङगे्रजी भाषामा छापिएको इम्बोस्ड नम्बर प्लेटले नेपाली भाषा र अङक समाप्त गर्न ठुलो खेल खेल्छ । यसमा सरकारको ध्यान नजानुको कारण के हो ?
देशलाई नै आधुनिकीकरण गर्ने भन्दै नेपाली नम्बर प्लेट हटाउनु उचित हो । कुनै पनि राष्ट्रले नयाँ प्रविधि भित्राउदा देश नै उत्साहित हुन्छ ।
देशमा कुनै पनि प्रविधि भित्राउदा त्यसले आफ्नो राष्ट्रमा कत्ति फाइदा र असर पु¥याउछ भनेर सत्तामा बस्नेहरुले गहन अध्ययन गर्नुपर्छ ।
तर हाम्रो सरकारले लाखौँ हस्तकलाकारहरुको पेटमा लात्ती हानेर आफु कहाँबाट कमिशन पाइन्छ भन्नेतर्फ दौडिरहेको छ ।
अरुलाई भोको पेट हिड्न बाध्य बनाएर सरकारको नाममा सत्तामा बसेको यी दलालहरुलाई लाज लाग्दैन् ।
नेपाली भाषामा भएको नम्बर प्लेट हटाएर इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउदा नेपालमा रहेको हजारौँ श्रमजीवी हस्तकलाकारहरु बेरोजगार बन्न पुग्छन् ।
नेपाली हाम्रो मातृभाषा हो । हाम्रो मातृभाषाका कारण हामी नेपालीहरु आफनो शिर ठाँडो पारेर हिड्न सक्षम भएको छौँ ।
हाम्रो संविधानमा त नेपाली भाषाको प्रयोग भएको छ भने कमिशनको लोभमा आएर नेपालीहरुको शानलाई दाउमा राख्ने हक सत्तामा बसेको दलालहरुलाई कसले दियो ?
नेपालीहरुको आत्मसम्मान् माथि ठेस् पु¥याउने अधिकार नेपालको संविधानले कसैलाई पनि दिएको छैन् ।
नेपालको साक्षरता दर अझै पनि निकै न्युन छ । कत्ति सर्वसाधारणले नेपालीमा अक्षर चिन्छन् तर अङग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर प्लेटयुक्त गाडीले ठक्कर दियो भने त्यस्तो खण्डमा के गर्ने ।
साढे ३६ लाख गाडीमा नेपाली वर्णको प्रयोग नगर्नु भनेको नेपालीहरुको छातीमा ठुलो चोट दिनु हो । इम्बोस्ड नम्बर प्लेट तत्कालै खारेज गर्नुपर्छ ।
यो हाम्रो राष्ट्र्यितासंग जोडिएको कुरा हो । नेपालीहरु पहिले पनि अरु देशको सामु झुक्न तयार थिएनन् भने केही दलालहरुले आफ्नो फाइदा हेरेर नेपालीहरुलाई अरु देशको साम झुक्न बाध्य बनाउन खोजिरहेका छन् ।
नेपाली भाषामा लेखिएको नम्बर प्लेटमा हाम्रो नेपाली दाजुभाइको दुःख दर्शाएको छ । नेपाली भाषामा लेखिएको नम्बर प्लेट ४०० देखि ५०० रुपियाँमा तयार भइ सक्छ ।
इम्बोस्ड नम्बर प्लेटको मृल्य २४०० देखि ३६०० तोकिएको छ । पाँचवटा नेपाली नम्बर प्लेट आउने मुल्यमा त एउटा इम्बोस्ड नम्बर प्लेट खरिद गर्न पनि मुश्किल छ ।
यही नेपाली नम्बर प्लेट बनाएर आफ्नो र आफ्नो परिवारको गुजारा चलाइरहेका व्यक्तिहरुको संख्या हजारौं छन् । उनीहरुको रोजीरोटी छिनेर अरुलाई दिनुभन्दा अगाडि नेपाल सरकारले एकचोटि राम्ररी सोचविचार गर्नुपर्छ ।
बंगलादेशमा बनेको इम्बोस्ड नम्बर प्लेट नेपाल भित्राउदा यहाँको अर्थतन्त्रलाई ठुलो धक्का पर्छ । हाम्रो देशको खर्बौं रुपियाँको भागिदार बंगलादेश बन्न जान्छ ।
अन्य राष्ट्रहरुले आफनो देशको निति कतै पनि नजाओस् भनेर कत्रो निति बनाएको हुन्छ । तर हाम्रो देशको नेताहरु कमिशनको पछाडि दोडिदा हाम्रो देश नै डुबिसकेको छ ।
लेखकको ब्याक्तिगत बिचार भएको हुनाले यस लेखवाट उत्पन्न स्वम जवाफदही हनेछन् । सं
अनुषा थापा
भक्तपुर
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend