logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टंकको जीवन साथी सुसेली हङ्गामा, तेज प्रकाश बानियाँको कलमवाट


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०७८

तेज प्रकाश बानियाँको कलमवाट



पुस्तक चर्चा

टंकको जीवन साथी सुसेली हङ्गामा

साहित्यकार पूर्व सेनानी टंकबहादुर बजगाई खत्रीको जन्म वि.स. २००३ भाद्र १४ गते काभ्रे जिल्लाको वनेपा न. पा. वडा नं. ३ उग्रचण्डी नालामा भएको हो । पिता जगन्नाथ बजगाई र माता भिमकुमारी बजगाईका कान्छा छोरोको रूपमा जन्मनु भएका टंकबहादुरले कखरा घरैबाट शुरू गर्नुभयो । नेपाली पढ्न जान्ने भएपछि चण्डी पाठ, दुर्गाकवच आदि र तत्कालीन सामाजिक ग्रामिण परिवेश अनुसार आवश्यक लेखापढी थाल्नु भयो। उहाँले केही वर्ष घर व्यवहार हेर्दै चण्डेश्वरी हाई स्कुल नालामा भर्ना भएरऔपचारिक पढाई शुरू गर्नुभयो । गर्दै जाँदा १५ वर्ष ७ महिनाको किशोर अवस्थामा नेपाली सेनामा प्रवेश गरी सैन्य तालिम पूरा गरी सेनाको नोकरी शुरू गर्नुभयो ।

यसरी जीवनको शुरूआतको ऊर्जाशील अवस्थाबाटै सेनामा प्रवेश गरी ३६ वर्ष सेवामा रही सेनानीसम्मको दर्जा हासिल गरी अवकास हुनुभयो । त्यसपछि पनि घर व्यवहार बलियो पार्दै बालबच्चाको पढाईविवाहआदि कर्म पूरा गरी कुशल अभिभावकको भूमिकामा रहनुभयो ।

 


साहित्य लेखनलाई शोखको रूपमा लिने मेजर साहेवलाई सत्तरी वर्षको उमेर पछि केही साहित्यकार विद्वानको संगतले साहित्यप्रति रूचि बढ्यो । हुन त साहित्यमा पहिलादेखि नै रुचि नभएको होइन । उचित वातावरणको अभावमा त्यो भाव प्रस्फुटन हुन सकेको थिएन । एउटा मनन् योग्य कुरा के छ भने कुनै पनि काम गर्न जोश, जाँगर, आँट, हौसला र लगनशीलता भएको व्यक्तिलाई उमेरले नछेक्दो रहेछ भन्ने कुरा प्रमाणित गरिदिनु भयो । जहाँ इच्छा त्यहा उपाय ।उहाँको लगनशीलताले २०७३ सालदेखि २०७६ सालको शुरूआत सम्म छोटो अवधिमा ५ गोटा कृतिहरू प्रकाशित भए । उहाँ बाल, युवा, बृद्ध सबैसँग तुरून्तै घुलमिल हुनसक्ने स्वभावका हुनुहुन्छ । साहित्यका क्षेत्रमा उहाँलाई आशुकविको रूपमा लिन सकिन्छ । कथा, कविता मुक्तक, गीत, जे विधामा पनि कलम चल्ने उहाँलाई शीर्षक दिएर यसबारे लेख्नुप¥यो भत्रे हो भने तुरुन्तै लेखेर वाचन गर्ने क्षमता उहाँमा छ ।

हाल आएर साहित्यिक बृत्तमा लोक सुसेलीको हङ्गामा नै मच्चिएको छ । निकै नै साहित्य प्रेमीहरूको मुखमा झुण्डिएको छ, लोक सुसेली । यो एउटा पौराणिकता प्रति माया र जागरुकता पनि हो ।यस अवस्थामा मेजर साहेबलाई पनि लोक सुसेलीमा मोह नजाग्ने कुरै भएन उहाँको कलमबाट सिर्जित विधामा प्राय देशप्रेम, देशको सुरक्षा, खस्कदो राजनीति, बढ्दो भ्रष्टाचार, सीमा अतिक्रमण जस्ता विषय प्रति चिन्ता जाहेर गरेको देखिन्छ । थोरै सिर्जनामा मात्र हासो ठट्टा, मायाप्रेम, आरोह, अवरोह आदि समेटिएको हुन्छ । उहाँले यो जीवन साथी पुस्तकमा विभित्र ७ शीर्षकमा ११० गोटा सुसेली पाठक सामु पस्कनु भएको छ । सबै सुसेली गाउन लाएक छन् ।

अहिलेको कोलाहलपूर्ण काठमाडौंको बसाई भन्दा गाउँको बसाई असल मान्नुहुन्छ । त्यसैगरीदोहोरीमा मायाप्रेम दर्शाउनु भएको छ भने मिश्रित सुसेली मार्पmत विभित्र कुरा परेका छन् । त्यसैगरी साथीभाइ मेलमिलाप,दोहोरी, व्याङ्ग्य र विविधआदि शीर्षकमा अनेकखाले जीवनपयोगी कुराहरू सुसेलीको भाखामा व्यक्त गर्नुभएको छ । सेनाबाट अवकाश प्राप्त गरेका २५ औ वर्ष हुँदापनि उहाँको जोस, जाँगर र हौसलामा कुनैकमी आएको छैन ।

चौहत्तर वसन्त लाई ठेगान लगाई सक्दा पनि उहाँ सदाबहार देखिनुहुन्छ । साहित्यिक कार्यक्रमको कतैबाट निमन्त्रणाआएमा भ्याएसम्म त्यहाँ पुग्ने उहाँको बानी छ । कुनै किसिमको काम परिआएमा फत्य गर्नका लागि आपूm अग्रसर भएर अरुलाई पनि हौस्याउनु हुन्छ। समाजका धेरै मान्छेका लागि प्रेरणाका श्रोत बत्रु भएको छ । साहित्य लेखनमा पनि उहाँको कलम तिब्र गतिमा दौडन्छ । यस्ता बहुविधामा कलम चलाउने पूर्व सेनानी टंकबहादुर बजगाई खत्रीको उत्तरोत्तर प्रगतिको कामनाका साथनेपाली साहित्यले पनि उहाँको सहयोग पाइनै रहोस् भत्रे चाहना गर्दै आजलाई यत्ति ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend