logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

प्रभु बैंकको मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०७८

काठमाडौ । प्रभु बैंक लिमिटेडले सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै आप्mना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएर्को र हालसालै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM)  बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा यहि २०७८÷०४÷२२ गते शुक्रबारको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।



मेशिनCash Recycle Machine    बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको बिज्ञप्तिमा उल्लेख छ ।

मेशिन Cash Recycle Machine    बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै (Real Time)  उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ ।

प्रभु बैंक लि. बाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स -Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने गरी काम भइरहेको बैकले जनाएको छ ।

प्रभु बैंकले औपचारिक रुपमा यहि २२ गतेदेखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हटाउने उदेश्यले मेशिनको प्रयोग गर्न लागेको बैकले जनाएको छ ।
यो सुविधासँगै ग्राहकहरुको समयको बचत हुने बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहक हरुले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिन बैकले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend