logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपा(माले)को केन्द्रीय कमिटीको बैठक जारी एमसिसि बिरुद्ध देशभक्त्तसँग सहकार्य गरेर लड्ने तयारी


  • जन आकाश
  • शनिबार, साउन २३ २०७८

 



काठामाडौ । नेकपा(माले)को १५ औ पुर्ण बैठक जुम मिडिङ मार्फत चलिरहेको छ । पार्टीका माहासचीव सिपी मैनालीले प्रस्तुत गर्नुभएको ८ वटा सुचीमा छलफल भइरहेको छ । ति ८ मध्य सवैभन्दा महत्वपुर्ण मानिएको अमेरिकन च्यालेन्ज कर्पोरेशन सँग हुन लागेको (एमसिसि) सम्झौता गरेमा नेपालको स्वतन्त्र सर्वभौमसत्तामा संकट आउने भन्दै एमसिसि पास हुन नदिन
लड्ने सर्वसहमतिले पास गर्ने निर्णय भइसकेको छ ।

जेठ २८ गते भएको सर्वोच्चको निर्णयलाई (धारा ७६–(४) को उल्लघन गदै (धारा ७६–(५) अनुसार राष्ट्रपतिमा सिफारिस निर्णयवाट शुरु भएको तर सर्वोच्चले २८ घण्टाभित्र बिश्वको संवैधानिक इतिहासमा दुर्लभ घटना भएको हुनाले यसले परमादेश आएको र बहुदलीय प्रतिस्पर्धामा बन्देज लागाउने काम गरेको छ । यसले राज्यका तीनवटै अङगमा ब्यवस्थापिका, कार्यपालिका, र न्यायपालिका बीच असमझदारी द्धान्द्ध बढाउने र राज्यको नियन्त्रण र सन्तुलन प्रणालीलाई दुष्प्रभावित पार्ने र नेपाललाई २००७ सालको परिवर्तन पछि अहिलेसम्म आइपुग्दा नेपालमा बिदेशभक्त हरुले काम गरेका छन् । भनि निकालेको निष्कर्षमा पार्टी दृढ रहेको भनि माहसचीवले प्रस्तुत गर्नुभएको प्रतिवेदन पास भइसकेको छ ।

तर नेकपा(माले)ले स्थापनाकालदेहि नै देशको जनताको पक्षमा उभिदै आएको हुनाले अहिले इण्डो प्यासेफिक रणनीतिको काम (एमसिसि) आएको हुनाले सम्पुर्ण देशलाई माया गर्ने देशभक्तहरुलाई जोडेर काम गर्नुपर्ने बिषयमा पनि ब्यापक छलफल भएको छ । भारतले मिचेको ४०० बर्ग किलोमिटर बिषयलाई जोडतोडले उठाउनुपर्ने आवश्यकताको बिषयमा पनि छलफल चलिरहेको छ ।

जुम मिटिङमा ४९ जना केन्द्रीय सदस्यहररुको जुम लिंकमा जोडिएर छलफल चलिरहेको छ ।

साथै राजनीतिक बैकल्पिक शक्तिको लागि बहस पनि चलेको छ । त्यो नेकपा(माले)को बलबुतामा मात्रै सम्भव छ वा अन्य राजनीतिक शक्तिसँग सहकार्य गरेर गर्न सकिन्छ भनेर छलफल भईहरेको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend