logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेकपा(माले)को केन्द्रीय कमिटीको बैठक सम्पन्न


  • जन आकाश
  • शनिबार, साउन २३ २०७८

 



काठामाडौ । नेकपा(माले)को १५ औ पुर्ण बैठक जुम मिडिङ मार्फत सम्पन्न भएको छ । पार्टीका माहासचीव सिपी मैनालीले प्रस्तुत गर्नुभएको ८ वटा सुचीमा छलफल भएको थियो । ति ८ मध्य सवैभन्दा महत्वपुर्ण मानिएको अमेरिकन च्यालेन्ज कर्पोरेशन सँग हुन लागेको (एमसिसि) सम्झौता गरेमा नेपालको स्वतन्त्र सर्वभौमसत्तामा संकट आउने भन्दै एमसिसि पास हुन नदिन
लड्ने सर्वसहमतिले पास गर्ने निर्णय गरेको छ ।

 

जेठ २८ गते भएको सर्वोच्चको निर्णयलाई (धारा ७६–(४) को उल्लघन गदै (धारा ७६–(५) अनुसार राष्ट्रपतिमा सिफारिस निर्णयवाट शुरु भएको तर सर्वोच्चले २८ घण्टाभित्र बिश्वको संवैधानिक इतिहासमा दुर्लभ घटना हुनेगरी गरी गरेको फैशला प्रति मालेको अपत्ति रहेको निस्कर्ष निकालेको छ । परमादेशले बहुदलीय प्रतिस्पर्धामा बन्देज लागाउने काम गरेको छ । यसले राज्यका तीनवटै अङगमा ब्यवस्थापिका, कार्यपालिका, र न्यायपालिका बीच असमझदारी द्धान्द्ध बढाउने र राज्यको नियन्त्रण र सन्तुलन प्रणालीलाई दुष्प्रभावित पार्ने बिदेशी शक्तिहरुले खेल्न पाउने र नेपालका मौलिक स्वातन्त्रहरु गुम्न जाने भएको हुनाले र त्यस्तै खालको संकेत देखिन थालेको हुनाले नेकपा(माले)ले ढिलो नगरिकन जनताको पक्षमा दृढ सकल्पा गदै सघर्ष गर्ने निस्कर्षमा पुगेको छ भनि उल्लेख गरेको छ ।

भारतले मिचेको ४०० बर्ग किलोमिटर बिषयलाई जोडतोडले उठाउनुपर्ने आवश्यकताको बिषयमा पनि भारतीय अघोषित अर्ध औपनिवेशिक बिरुद्ध लड्नु पर्ने अवाश्यकता ठहर गदै पार्टीले यसको नेतृत्व लिने भनि निर्णय भएको जनाएको छ ।

जुम मिटिङमा ४९ जना केन्द्रीय सदस्यहररुको जुम लिंकमा जोडिएर छलफल गरेका थिए । भारतीय पक्षवाट बेलाबेलामा हुने संकास्पद घटना जस्तै जयसिंह धामीको एसएसवीले तार काटिदिएर गरेको हत्या नेपालीहरुमाथि गरेको हस्तक्षेपको पनि बिरोध गर्ने र आउदा दिनमा त्यस्ता घटना हुन नदिन सरकारलाई सुझव दिने ।
साथै राजनीतिक बैकल्पिक शक्तिको लागि बिचार मिल्ने, मुद्दा मिल्नेसँग सहकार्य गर्ने बिचार सिद्धान्त नमिल्नेहरुसँग पनि राष्ट्रियताको सवालमा एउटै मोर्चामा रहेर शक्ति प्रदर्शन गर्ने ।

काली गण्डकी –तिनाउ डाईभर्सनको बिषयमा त्याहाको बिस्तृत अध्ययन गरेर मात्रै बिरोध वा समर्थन गर्ने भनि निर्णय गरेको छ । भने नेकपा(माले)को आठौ महाधिवेशनलाई ब्यवस्थित गराउन र त्यस माहाधिवेनवाट धेरै भन्दा धेरै जनतालाई समेट्न सक्ने प्रकृतिको बिकास गर्ने जस्ता निर्णण गर्दै महासचीवले प्रस्तुत गर्नुभएको दस्तावेजमा केन्द्रीय सदस्यहरुको सुझाव समेटेर छिट्टै कार्यन्वयनमा लैजाने निर्णयमा पुगेको मालेका स्थाइ कमिटी सदस्य कृष्ण रानाले जानकारी दिनु भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend