जन आकाश
काठमाडौ । कामना सेवाविकास बैंक र सिडिएससि बिच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । कामना सेवाविकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य तथा कामना सेवा बिकास बैैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी सिडिएमसिलाई आधिकारिता दिएका हुन् । हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
काठमाडौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा,एक विस्तारीत शाखा लगायत ७० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, माध्यमहरुबाट समेत ग्राहकहरुलाई सरल, सहज र उत्कृष्ट बैकि Digital सेवा प्रदान गर्दै आएको जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend