logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रिमका स्पेसल क्यान सार्वजनिक


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।



एनपीएलको उत्साहलाई क्रिकेट समर्थकमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले कम्पनीले यी विशेष क्यान बजारमा ल्याएको हो। सात टोलीका लोगो समेटिएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन, उत्साह र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

अब एनपीएलका खेल हेर्दा होस् वा साथीभाइसँग आफ्नो मनपर्ने टोलीबारे चर्चा गर्दा, समर्थकहरूले आफूले समर्थन गर्ने टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको क्यानमार्फत आफ्नो क्रिकेटप्रतिको लगाव दर्शाउन सक्नेछन्।

कम्पनीका अनुसार स्पेसल एडिसन क्यानहरू नजिकैका पसल तथा बिक्री केन्द्रहरूमा उपलब्ध छन्। एनपीएलको बढ्दो लोकप्रियतासँगै क्रिकेट समर्थकलाई लक्षित गरी ल्याइएको यो विशेष संस्करणले प्रतियोगिताको उत्साहलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend