logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आयो नेपाली मार्सी बियर, कस्तो छ यसको स्वाद ?


  • जन आकाश
  • सोमबार, साउन २५ २०७८

 



काठमाडौं । मार्सी चामलको चर्चात नेपालका भएकै थियो तर अव नेपाली बजारमा मार्सी बियले पनि उत्पादन थालेको छ ।
टाइगर्स ब्रुअरीकोले उक्त बियर बजारमा ल्याएको हो । “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा ल्याएको छ ।

मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । नेपालमा नै केही गर्छु र नेपालीहरूकै लागि केही गर्छु भन्ने चाहना र हुटहुटी भएका मनैले नेपाली पारखीहरूका लागि मार्सी बियर पहिलो र सर्वोत्कृष्ट रोजाइ हुन सक्ने कम्पनीको दावी छ । नेपाली उत्पादनको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा बिछट्टै फरक स्वादको भएको कम्पनीले दावी गरेको छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध मार्सी बियर जमघटहरूमा होओस् वा बियरको आनन्द लिनेहरूका लागि होओस्, सबै अवसरहरूका लागि उपयुक्त हुने गरी बनाएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

मार्सी बियरको विशेषता –मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको, साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले “नेपाली माटोको स्वाद” अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरी बजारमा ल्याईएको कम्पनीले जानकारी दिएको छ ।

यसरी जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा सो स्वाद रहिरहने जानकारी बियरका विज्ञहरूले बताइसकेको कम्पनीले दावी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend