logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिजन युवा क्लबलाई एम्बुलेस सहयोग


  • जन आकाश
  • मंगलबार, साउन २६ २०७८

काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले डुम्रेस्ति, तनहुँमा रहेको सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । , उक्त एम्बुलेन्स हस्तान्तरण गर्न आइएमई मोटर्स प्रा.लि. को तर्फ बाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुको बीचमा एम्बुलेन्स दिएइको हो ।



एम्बुलेन्स बुझ्दै श्रेष्ठले भने डुम्र्रेमा यसप्रकारको सुविधायुक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्था द्धारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका थिए । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था भएका एम्बुलेन्स हुन् ।

स्वास्थ्य सेवा, विशेषगरी आप्तकालीन स्वास्थ्य सेवाको पहुचलाइ सहज बनाउन संस्थाद्धारा खरिद गरेको उनले बताए । साथै युवा क्लबलाई एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद पनि दिएका थिए ।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यम बाट विक्री वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्स द्धारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो । आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कर्मशिल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको आइएमई मोटर्सले जानकारी दिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend