logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मैलुङ खोलाको आईपिओ आज बाडफाड कोही खुशी कोही निरास


  • जन आकाश
  • मंगलबार, साउन २६ २०७८

 



 

काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गरेको हो ।

कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो। कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ ।

आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend