logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव


  • जन आकाश
  • मंगलबार, साउन २६ २०७८

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।



प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।

बीमा समितिको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend