logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रिलायबल लाइफको आइपीओ निस्कासन अन्तिम चरणमा


  • जन आकाश
  • बुधबार, साउन २७ २०७८

 



काठमाडौ । रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। रिलायबलले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ५.३९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो।

रिलायबलले सार्वजनिक गरेको अन डिटेड वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलानामा गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ।

रिलायबलको चुक्ता पुंजी १ अर्ब ४० करोड छ भने उसको जगेडामा ८४ करोड ३५ लाख रहेको छ। रिलायबलको जीवन बीमा कोष २ अर्ब ५८ करोड पुगेको छ।

रिलायबलको नेट प्रिमियम ८८.०१ प्रतिशतले बढेर २ अर्ब ९५ करोड पुगेको छ। जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ५७ करोड थियो। त्यस्तै मुख्य आम्दानी नेट प्रिमियमको साथसाथै रिलायबलले लगानी, कर्जा लगानी तथा अन्य माध्यमबाट ३६ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ।

गत आर्थिक बर्ष रिलायबलको खुद दाबी १२३.६३ प्रतिशतले बढेर ६७ करोड ९८ लाख पुगेको छ भने यस अवधिमा रिलायबलको पोलिसी सङ्ख्या बढेर ३६ लाख ९ हजार ६७८ पुगेको छ।

यस अवधिमा रिलायबलको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेको छ।

रिलायबल नेपालले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

कम्पनीले सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो। हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने रिलायबलले दावी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend