logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई लाइफद्घारा रू २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी


  • जन आकाश
  • बिहिबार, साउन २८ २०७८

 



काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट मिति २०७६÷१०÷२९ गते आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग  Critical Illness को रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम रू २५,००,०००। (अक्षरेपि पच्चिस लाख रुपैंया मात्र) बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको छ ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर -Ampullary Carcinoma प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमा लेख योजना ल्याएको छ ।
कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो ।

वहाँले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमा प्रति थप भरोसा रहने जानकारी दिनुभयो ।
निवेदन प्राप्त भएको १५ दिन भित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको आइएमईं लाइफले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend