logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी लाईफको बाल बचत बीमा योजना सार्वजानिक


  • जन आकाश
  • बिहिबार, साउन २८ २०७८

 



काठमाडौ । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो कार्यक्रम गरी महालक्ष्मी बाल बचत बीमा योजना सार्वजनिक गरेको छ ।

बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भ गरेका हुन् । बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ ।

बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ भनि जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend