logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विशेष प्रकाशकीय


  • जन आकाश
  • आइतबार, साउन ३१ २०७८

विशेष प्रकाशकीय
आजभन्दा १४ बर्ष अगाडी आजको दिन नै हामीले जन आकाश साप्ताहिको प्रकाशन शुरु गरेका थियौ । यो अन्तरालमा थुप्रै उतार चढवहरु पार गरिसकेका छौ । यो निरन्तर यात्रामा जन आकाश राष्ट्रिय साप्ताहिकलाई याहासम्म ल्याई पु¥याउन भुमिका खेल्नु हुने जन आकाश सम्पादकको टिप, बजार ब्यावस्थपनको टिम, हाम्रो जन आकाश साप्ताहिकलाई मन पराएर वा माया गरेर बिज्ञापन उपलब्ध गराउनुहुने बिज्ञपनदाता, ग्रहक वर्ग, पाठक, जन आकाश साप्ताहिकलाई निरन्तर रुपमा लेख, रचना,पठाएर सहयोग गर्नुहुने लेखक, साईत्यकार, मुक्तककार, गजलकार, सम्पुर्णमा धन्यावाद ब्याक्त गर्दछु ।



हामीले थोरै र स्वदेशी पुजीमा धेरै मेहेनत गरेर नेपालका युवाहरु बिदेश गइरहेका बेला हामी केही बिध्यार्थीहरु मिलेर सञ्चार माध्यम खोली नेपालमा नै चेतनाको सन्देश बाढ्ने उदेश्य राखेर जन आकाश साप्ताहिक प्रकाशन शुरु गरेका थियौ । त्यो समयमा न हामीलाई सिकाउने कोही थिए न कसैले पत्रकारिताको अनुभव नै लिएका थियौ, केवल हामी सिकारु थियौ । तर हामीसँग आफ्नो देशको अगाध माया भने थियो नै । त्यसैले जस्तो सुकै कठिन अवस्थावाट गुज्रदा पनि हामी यो क्षेत्रवाट, आफु जन्मेको देश नेपाल छोडेर कतै भागेनौ, भासियनौ । बरु कठिन, प्रतिकुल, समस्या र संकटग्रस्त अवस्थामा पनि त्यसको सामना गर्नुपर्छ भन्ने पाठ सिक्दै पत्रकारिताको अभ्यासमा जुट्यौं । जुन “पाठले” कठिन अवस्थामा पनि आम नागरिकहरुको आत्मवल कसरी बढाउनुपर्छ र राष्ट्रको पक्षमा कसरी डट्नुपर्छ भन्ने कुरा पत्रकारिताको अभ्यासले सिकाएको छ । त्यो अनुभवलाई अझै बृहत्त बनाउन जन आकाशकै अनलाईन संस्करण वबलबबपबकज।अयm।लउ समेत शुरु गरिसेका छौ । जसले देशमा मात्र नभएर बिदेशमा रहेका आम नेपालीहरुलाई समेत जोड्न मद्दत पुगेको छ । यो हाम्रो पाठकहरुका लागि खुशीको बिषय हो ।

हामी अर्को चरणमा प्रवेश गर्दैछौ । आउँदा दिनमा डिजिटलको माध्यमवाट विकास गर्नुपर्ने थुप्रै कामहरु हामी माझमा आएका छन् । त्यो खर्चिलो र स्वदेशी लगानीमा आफ्नै बलबुताले काम गर्ने हाम्रो उदेश्य रहेको छ । त्यो कठिन र खर्चिलो भएपनि हामीलाई माया गरेर सहयोग गर्नुहुने बिज्ञापन दाताहरुले केही थप सहयोग गरि दिएमा र पाठकहरुले पनि यसरी नै मन पराउदै गएमा हाम्रो हौशला बढ्ने छ । र आगामी दिनमा पनि सजिलै यसैगरी याहाहरुलाई सु–सुचित पार्ने काम निरन्तर जारी रहने छ ।


हाम्रो उदेश्य
स्वदेशी लगानीमा सञ्चालित उधोग,कालकारखाना, ब्यापार, ब्यवसायको संरक्षण गर्नु ।
देशभक्त नागरिकहरुको खोजि गरी तिनीहरुले देशका निम्ति पु¥याएको योगदानको कदर सम्मान गर्नु ।
देशभक्त नागरिकहरुले अपनाएको देशलाई फाइदा पुग्ने कार्यको अनुशरण गर्न प्रचार प्रसारको भुमिका निर्वाह गर्नु ।
स्वदेशमा उत्पादन हुने बस्तुहरु नै प्रयोगमा जोड दिन त्यही ढंङगले प्रचार प्रसारमा भुमिका निर्वाह गर्नु ।

राष्ट्रलाई राम्रै गर्नुपर्छ मुल भावना लिएर अगाडि बढेका छौ ।
यो हाम्रो अभियानमा जोडिन चाहानुहुने राष्ट्रभक्तहरु जो सुकै पनि जोडिन सक्नु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend