जन आकाश
सम्पादकीय
अफगानिस्तामा जोखिममा परेका नेपालीलाई सुरक्षित फर्काउ
दक्षिण एसियाली मुलुक अफगानिस्तानमा पछिल्लो समय बिद्रोही संगठन तालीवानले एकपछि अर्को आक्रमण गदै शहरहरु कब्जा गर्ने क्रम छ । त्यस दोहोरो भिडन्तमा थुप्रै सर्वसाधरणहरु पनि मरिरहेका छन् । यतिवेला अफगानिस्तानमा मानवीय जोखिम बढ्दै गएको छ ।
नेपाली नागरिकहरु पनि अफगानिस्तानमा काम गर्न गएका छन् । सरकारको आँकडामा अनुसार २०७७÷७८ मा १०७३ नेपालीहरु अफगानिस्तान काम गर्न गएका छन् भने २०७६÷७७ को आँकडा अनुसार ९२४ नेपाली नागरिकहरु अफगानिस्तानमा गएका थिए । यो अफगानिस्तानमा बैधानिक रुपमा गएका नेपालीहरुको आँकडा मात्र हो । तर अवैधानिक रुपमा गएकाहरुको आँकडा बैदेशिक रोजगार बिभागसँग नहुने हुँदा भण्डै १०००० को संख्यामा नेपालीहरु अफगानिस्तानमा रहेको अनुमान छ ।
ति अफगानिस्तानमा रहेका नेपालीहरु नेपाल फर्कन आत्तिरहेका छन् । उनिहरुलाई छिटोभन्दा छिटो नेपाल फर्काउन नेपाल सरकारले कुटनैतिक पहल गर्न जरुरी छ भने सम्भव हुनेजति आफ्नै बलबुताले पनि जोखिम मोलेर बस्नुभन्दा समयमा नै सजगता अपनाएर स्वदेश फर्कनु बुदिमानी हुन्छ ।
नेपालमा यतिवेला नयाँ राजनैतिक समिकरणका कारण राजनैतिक रुपमा सक्रमकालीन अवस्था छ । परराष्ट्रमन्त्री नियुक्त हुन सकेको छैन । त्यसैले पनि स्वंय नागरिकहरु नै सचेत भएर अहिले अफगानिस्तानमा भइरहेको द्धोन्द्धको जोखिमवाट बँच्न सवै खालका उपायहरु स्वंय नेपाली नागरिकहरुले अपनाउनु पर्ने देखिन्छ ।
नगरिकहरुको पहल र पहुँचले मात्र कतिपय नेपालीहरुलाई फिर्ता गराउन सहज हुदँैन र सकिदैन त्यस्ता असहज परिस्थितिको सामधान निकाल्नकै लागि परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालय अन्तर्गतका निकायहरु बनाईएका हुन्छन् । ति निकायहरुले अफगानिस्तानमा भइरहेको मानविय जोखिमलाई ध्यान दिएर वर्तमान प्रतिकुल परिस्थितिमा तत्कालै नेपालीहरुको सुरक्षा गर्नु सम्बन्धित निकायको र्कतव्य हो ।
त्यसैले नेपालका नेपालीहरु जो जो अफगानिस्तानवाट नेपाल फर्कन इच्छुक छन् उनिहरुलाई तुरुन्तै नेपाल फर्काउन सम्बन्धित निकायले काम गरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend