logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सानिमा बैंकले कमायो २ अर्ब २७ करोड


  • जन आकाश
  • आइतबार, साउन ३१ २०७८

 



 

काठमाडौँ । सानिमा बैंकले २८ प्रतिशतले नाफा बढाएको छ । सानिमा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २ अर्ब २७ करोड रुपैयाँ गरेको छ ।

अघिल्लो वर्ष सानिमा बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । सानिमा बैंकको ब्याज आम्दानीबाट ४ अर्ब ५२ करोड कमाएको छ ।

अघिल्लो वर्ष ४ अर्ब १८ करोड रहेको थियो । ९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको पूँजीकोष अनुपात १३.५४ प्रतिशत छ । गतवर्षको नाफाबाट सानिमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६८ करोड गरेको छ ।

यस आधारमा सानिमा बैंकको लाभांश क्षमता १७ प्रतिशत देखिन्छ । असार मसान्तसम्ममा सानिमा बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा दिएको छ ।

अघिल्लो वर्ष सानिमा बैंकको निक्षेप १ खर्ब ७ अर्ब थियो भने कर्जा ९० अर्ब थियो । सानिमा बैंकको प्रति सेयर आम्दानी २३.५१ रुपैयाँ रहेको छ । सानिमा बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । सानिमा बैंक खराब कर्जा कम हुने बैंकमा पर्छ । ६.३४ प्रतिशत बेसरेट रहेको सानिमा बैंकको ३.७३ प्रतिशत स्प्रेड रहेको छ ।
बिशेष गरेर बिदेशमा रहेका एनआरका नेपालीहरुको लगानी भएको सानिमा बैकले नेपालका हाइड्रो, कृषि, भौतिक पुर्वधारमा रहेको छ । उसले राष्ट्र बैकले तोकेको मापदण्डको बिषयमा पनि पुर्ण पालना गरेको जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend