logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी बैंकको १३४ औँ शाखा रौतहटको गरुडामा विस्तार


  • जन आकाश
  • मंगलबार, भाद्र १ २०७८

काठमाडौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १३४ औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझवित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ ।



नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नया ँतथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई ग्रहकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशत्त mपार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैकले दावी गदैं आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend