logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

#तालिवान_बिद्राेह_राजनैतिक_सत्ताकाे_परिवर्तन_हाेईन, सुमन लिम्बू


  • जन आकाश
  • बुधबार, भाद्र २ २०७८

अफगानिस्तानको सत्ता तालिवान विद्रोहीहरुले कब्जा गरे पछि विश्वको समूदायको ध्यान केन्द्रित हुन पुगेको छ।पक्ष र बिपक्षमा वहस तथा प्रतिकृयाहरु आईरहेका छन।अमेरिका र अमेरिका समर्थित पश्चिमीमाहरु निराशापुर्ण आक्रोश व्यात्त गरिरहेका छनभने अमेरिका र पश्चिमा बिरोधि देशहरुबाट सकारात्मक टिप्पणी तथा प्रतिकृयाहरु आईरेहेका छन।



तालिवानी बिजय र घानिको पराजयमा बिभिन्न शत्तीराष्ट्रका आ-आफनो राष्ट्रिय स्वार्थ त हुनेनै भयो तर त्यो मुख्य पक्ष भने होइन।मुख्य पक्ष भनेको तालिवानी सत्ताले अफगानी जनतालाई राजनितिक ,आर्थिक र सामाजिक परिवर्तन साथै राष्ट्रलाई स्वाधिनता दिन्छ या दिदैन भन्ने हो।यो विद्रोह राज्य सत्ताको परिवर्तन होईन,पात्र र प्रवृत्तीको मात्र परिवर्तन हो।त्यसैले जनताका धार्मिक,सास्कृतिक र जीवनशैलीमा केहि फरक होला तर राजनितिक,आर्थिक र सामाजिक उत्पिडनबाट मुत्ति प्राप्त गर्ने छैनन।

यि सम्पुर्ण उत्पिडन बाट मुत्तीको एउटै मात्र माध्यमहो क्रान्ति र क्रान्तिद्वारा बैज्ञानिक समाजवादको स्थापना।तथापी क्रान्तिकारीहरुले पनि मनन गर्नु पर्ने विषयहरु भने अवश्य हुने छन।

(१)राज्यसत्ता सन्चालन गर्ने पात्र र प्रवृत्ती परिवर्तनको लागि त तालिवानले सशस्त्र बिद्रोह गर्नु पर्यो भने एक वर्गले अर्को वर्ग माथि विजय प्राप्त गरि आफ्नो राज्यसत्ता स्थापना गर्न बल प्रयोगको सिद्दान्त अनिवार्य सर्त हो भन्ने पुन पूस्ट्याई भएको छ।

(२)क्रान्तिको बिजयको लागि वा आफ्नो राजनितिक उदेश्य र लक्ष्य प्राप्त गर्न त्याग,तपस्या र बलिदान गर्न तयार क्रान्तिकारी नेतृत्वको अनिवार्यता ।

(३)साम्राज्यवाद कार्यनितिक रुपमा साच्चैको बाघ हो भने रणनीतिक रुपमा कागजी बाघ हो भन्ने कुरा प्रमाणित भएको छ।

(४)अफगानिस्तानबाट पछाडि हट्नु भनेको अमेरिकी साम्राज्यवाद राजनितिक र आर्थिक रुपमा गहिरो सङ्कटमा फस्दाई गैइरहेको प्रमाण हो।

(५)विदेशिको आड र भरोसामा टिकेको दलाल सत्ता जनताले सहि विचार,राजनिति र नेतृत्व पाए भने तासको महल ढले जसरी ढाल्न सक्छन भन्ने पुस्ट्याई।

(६) शाहसको स्रोत सहि बिचार ,राजनिति र सिद्धान्त हो भने कायरताको स्रोत राष्ट्रघात र दलाली हो।दलालहरु कति कायर र देश- जनताप्रति धोकेवाज हुन्छन भन्ने कुरा अफगानी राष्ट्रपतिको कायरतापुर्ण पलायनताले पुस्टि गर्दछ।

(७)यदि कुनै पनि देशका शासकहरु दलाली,राष्ट्रघाती र भ्रष्ट छन भने त्यस देशका सुरक्षा फौज निरास र पलायन मात्र हुदैनन कुनै पनि प्रकारको राजनितिक सत्ताको रक्षाको लागि तयार हुदैनन।तालिवानी बिद्रोही सामु अफगानी सुरक्षा फौजको आत्मसमर्पण।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend