जन आकाश
काठमाडौ । डेभलपमेन्ट बैकर एशोसिएसनले धितोपत्र बोर्डसँग धितोपत्र ब्यवसाय गर्न पाउनुपर्ने भनि अनुमति मागेका छन । बिकास बैकहरुको छाता संगठन डेभलममेन्ट बैकर एशोसिएसनले आफ्ना संस्थामा आवद्ध सवै सदस्यहरुको आग्रहमा उक्त अनुमति मागेको हो ।
उसले आज जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
उसले भनेको छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा “बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ” भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृतिलिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितो पत्र व्यवसायी (धितोपत्र दलाल तथा धितो पत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा“ प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमति पत्र प्राप्त गरी धितो पत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था अनुसार बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेका छन् ।
बिकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापनाभइ बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत लिइ बैंकिङ् सेवा प्रदान गर्दछन् ।
राष्ट्रिय स्तरका बिकास बैंकहरुको औंषत चुक्तापूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघि सकेको छ । त्यस्तैगरी बिकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्व रुपैंयाँ िनक्षेप परिचालन गरी ३८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend