जन आकाश
काठमाडौ । यूनाइटेड इन्स्योरेन्स क. लि. २७ औं वार्षिक साधारण सभा २०७८ श्रावण ३१ गते भर्चुअल माध्यम मार्फत सम्पन्न गरेको छ ।
भर्चुअल सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको कम्पनीले दिएको जानकारीमा उल्लेख छ ।
साथै कम्पनीको आ. व ०७७।÷०७८ को आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव,वासलात,नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी गराएको उल्लेख छ ।
कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औ वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७÷०७८ को चौथो वित्तीयविवरण अनुसार कम्पनीले बीमाशुल्कआर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा Billion Club मा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएका थिए ।
कम्पनीको उक्त सफलताप्रति सम्पूर्ण शेयरधनीहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।
सोहि सभामा कुल बीमा शुल्क आम्दानी रु.६९,८९,०३,९८३.८२ आर्जन भएको र कम्पनीको चुक्तापुँजीरु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००।०० भएको जानकारी गराइयो ।साथै, आर्थिक वर्ष ०७७÷०७८ का लागी बाह्य लेखा परीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको पनि उल्लेख छ ।
कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनी महानुभावहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझावप्रदानगरियो तथा व्यवस्थापनबाट सोहि बमोजिम कार्य गरिने प्रतिवद्धता गदै कार्यक्रम समापन भएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend