logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

निर्यात ब्यवसायी,परराष्ट्र कुटनीतिक नियोग बीच अन्तरक्रिया सम्पन्न


  • जन आकाश
  • शुक्रबार, भाद्र ४ २०७८

 



काठामाडौ । नेपाल सरकार परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघ नेपालको समन्वयमा नेपालको निर्यात व्यवसायलाई अभिबृद्धि गरि व्यापार घाटा कम गर्ने, सरोकारवालाहरु बिच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने र आर्थिक कूटनीति सम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउने उद्देश्यले यही २०७८ श्रावण २७ देखि २९ गते सम्म विदेशस्थित नेपाली राजदुत, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरु, निर्यात व्यवसायी महासंघ नेपाल र नेपाली निर्यातकर्ताहरू बिच भर्चुअल अन्तरकृया कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

नेपाल सरकार परराष्ट्र सचिब भरतराज पौड्याल, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा संसद रामबहादुर गुरुङको उपस्थिती रहेको उक्त तिन दिने कार्यक्रममा ४० विदेशस्थित नेपाली नियोगका प्रमुख तथा प्रतिनिधीहरु, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रतिनिधि, निर्यात व्यवसायी महासंघ नेपालका पदाधिकारी, विभिन्न निर्यातजन्य वस्तुगत महासंघ÷संघका प्रतिनिधिहरु र निर्यात व्यवसायीहरूको सकृय सहभागिता रहेको थियो ।

नेपालवाट उत्पादन गरेर बिदेश निर्यात गर्न ब्यवसायीले खेलेको अथक प्र¥यासको पनि निक्कै प्रशंसा भएको थियो र नेपाल सरकारले खेल्नुपर्ने भुमिकाको वारेमा परराष्ट्रका पदाधिकारीहरुले सहजीकरण गर्नुपर्ने सवैखालका सहयोग गर्ने बचन बद्धता ब्याक्त गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend