logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अफगानिस्ताका नागरिकलाई करुणा गरौं 


  • जन आकाश
  • मंगलबार, भाद्र ८ २०७८

अफगानिस्तान विश्व भुगोलको मानव बसोवास गर्ने एउटा देश हो । जँहा मुस्लिम धर्मालम्बीहरुको बाहुल्यता रहेको छ । तर अफगानिस्तान सन् १८८९ देखि निरन्तर रुपमा वम, बारुद्धको गोला पड्की धुवाँमा रुमलिरहेको छ । त्यँहाका मानवले भोग्नु परेका ह्रदृय बिदारक वेदना र पीडाहरुको बयान गरी साध्य छैन । उनिहरुले यो अवस्था भोग्नलाई केहीे अपराध गरेका छैनन् ।



अफगानिस्तान अमेरिका, रुस जस्ता शक्तिशाली राष्ट्रहरुको सैनिक अभ्यास गर्ने देशको रुपमा चित्रित छ । ति बिदेशी सेनाले गर्ने गरेको सैनिक अभ्याश र अफगानिस्तान भित्र आफ्नो स्वार्थको आगि रसियाली सेना र अमेरिकन सेनाले बनाएका उनिहरुकै बिद्रोही संगठनले गर्ने गरेको हत्या, आताङ्कको बर्बरता हो । उनिहरु नै फेरी आताङ्कको नियन्त्रण गर्ने भन्दै अकाशवाट बम बारुद बर्साउने स्थलगत र सेनाहरुले पनि सर्वसाधारणलाई आताङवादीको बिल्ला भिराएर उनिहरुको भवनहरुमा वमवारी गर्ने र दिनदहाडै हजारौ हजार अफगानी नागरिकहरुको जीवन समाप्त गर्ने गदै आएका छन् । यो मानवाता माथिको धिनलाग्दो अपराध हो ।

अहिले पुनः अफगानिस्तानमा बसिरहेको अमेरिकन सेना अमेरिका फर्किसकेको छ । सन् १९८९ मा पनि रसियाली सेना यसै गरी अफगानिस्तानवाट फर्केको थियो । त्यतिवेला कम्युनिष्ट घटकको सत्ता थियो । सन १९९८ मा तालिवानले सरकार कब्जा गरेर सत्ता आफ्नो हातमा लिएको थियो । अग्रेजी पात्रो अनुसार सन् २००१ सेप्टेम्वर ११ तारिकमा अमेरिकाको वल्र्ड टे«ड सेन्टरमा तालिवानले संगठनले बिमान आक्रमण ग¥यो । तालिवान नामक संगठनले बिमान आक्रमण गरेपछि अमेरिकाले बिनलादेन अफगानिस्तानमा लुकेको छ भनेर निहत्था अफगानिस्तानीहरुको शहरहरुमा हवाँई हमला गरेको थियो ।

अफगानिस्तानमा आक्रमण गर्नु अमेरिकाको उदेश्य अफगानिस्तानवाट केही फाइदा लिनको लागि थिएन । इराकका राष्ट्रपति सदाम हुसेनलाई सत्ताच्यूत गर्न र इराकमा रहेका तेलका कुवाँहरु अमेरिकाको एकलौटी बनाउने रणनीति थियो । त्यसैको लागि अमेरिकी सेनाहरु अफगानिस्तानमा बस्न थाले र सीमाना जोडिइएको इराकमा सद्दाम हुसेनको शासनसत्ता अमेरिकी समर्थितको हातमा ल्याएर २००६ मा इराकको बग्दादमा सद्दाम हुसेनलाई फासी दिइएको थियो ।

त्यसैगरी लिबियाका मौहुमर गदाफीलाई सत्तावाट हटाउन प्र¥यत्न गर्दा पनि नसकेपछि हत्या गरिएको थियो । त्यस्तै कामहरु रसियाली सेनाहरुले पनि सोभियत संघको नामवाट गर्ने गरेका थिए ।

अहिले अफगानिस्तानका मानवहरुमा आएको मानवीय संकट, पीडाले र त्यँहाका मानिसहरुको चित्कारले विश्व मानव जगतको मनस्थितिलाई नै खलबलाइ दिएको छ । त्यस्तो संकट विश्वका मानवहरु नै भएका शक्तिशाली राष्ट्रहरुले आफ्नो स्वार्थ पुरा गर्ने नियत राखेर द्धन्द्ध गराएको र अफगानिस्तानका मानवहरुलाई यो कारुणिक अवस्थामा पु¥याएको हो ।

त्यस्तै नेपालमा पनि २००७ सालदेखि रोपिएको द्धन्द्धको तमासाहरु राजनीतिक पार्टीहरुको नामवाट नेपालको मानव जगतलाई खलबल्याउन प्र¥यास गर्दै छन् ।

हामीले महशुस हुनेगरी राजनीतिक पार्टीका नामवाट नेपालको हित बिपरित हुने सन्धि सम्झौतो देखेका छौ । नेपाल एक स्वतन्त्र राष्ट्र हो । तर यसलाई स्वतन्त्र हनन् गर्न प¥यास भइरहेको छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन बन्न लागेका कानुन, नियम नेपालको हितमा छकी छैन ? गम्भिर भएर सोच्न जरुरी छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend