logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिक् बीच सम्झौता


  • जन आकाश
  • मंगलबार, भाद्र ८ २०७८

 



काठमाडौ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्यज्यू तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षरग गरी उक्त सेवा ग्रहकलाई प्रदान गर्न लागका हुन् ।
उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरी का विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २०% सम्मको आकर्षक छुट ग्रहकले प्राप्त गर्न सक्नेछन् ।

आफ्नो डिजिटल सामथ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको बैकले दावी गदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend