logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको जुम कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, भाद्र ९ २०७८

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालको आयोजनामा खुसी साटसाट कायृक्रम सम्पन्न भएको छ । मंगलबार गुगल मिटको माध्यमबाट खुसी साटासाट र अन्तर्क्रिया कार्यक्रम अ गरी सम्पन्न भएको हो । पहिलो चरणको कार्यक्रम खुसी साटासाटको रहेको थियो । कार्यक्रममा संरक्षण पूर्व सहायकरथी तेजप्रकाश बानियाँलाई केन्द्रीय समितिका पदाधिकारीहरुले सयुक्त सम्मान गरेका थिए ।

त्यसपछि क्रमश सहल्लाहकारहरू डा. शैलेन्दुप्रकाश नेपाल, डा.बमबहादुर थापा जीताली, तिलकप्रसाद लुइँटेल , सीता विष्ट कार्की सीबिका र चन्द्रा न्यौपानेलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, उपाध्यक्ष सुशीला ढकाल अधिकारी , सचिव दामोदर ढकाल दीपक, सहसचिव डिल्लीप्रसाद मूलतिहुन, कोषाध्यक्ष कृष्णबहादुर के.सी.सदस्य सुचिता काफ्ले र टेकध्वज थापालाई सम्मान गरेर एक आपसमा खुसी साटासाट भएको थियो ।

खुसी साटासाट पश्चात् अन्तर्क्रिया कार्यक्रमको सुरूवात गरिएको थियो । कार्यक्रममा अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व, संरक्षक तेजप्रकाश बानियाँको प्रमुख आतिथ्यता, सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपाल र डा.बमबहादुर थापा जितालीको विशिष्ट आतिथ्यथा एवम् सल्लाहकार तिलकप्रसाद लुईटेल, सीता विष्ट कार्की सीविका र चन्द्रा न्यौपानेको आतिथ्यतामा सुरू गर्नुभएको थियो ।

कार्यक्रम उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्य र उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले सम्मानमा सुसेली गायन गर्नुभएको थियो । सदस्य टंकधवज थापाले मन्तव्यको क्रममा हाइकु र सुसेलीको अन्तर कोट्याउदै आगामि दिनमा सशक्त रूपमा कसरी अगाडि बड्ने विषयमा हुटहुटी पैदा गरि दिएका थिए । यसैगरि सदस्य सुचिता काफ्लेले व्यस्त भए पनि सुसेली आफ्नो जीवन शैली जत्तिकै प्यारो भएको भन्दै केही सुसेली वाचन गर्नुभएको थियोे ।

संस्थाका सहसचिव डिल्ली प्रसाद मूलतिहुनले सुसेली विधाको विकासमा सधैव क्रियाशील रहने बताउनुभयो ।यसैगरी कोषाध्यक्ष कृष्ण के.सी.ले आर्थिक व्यवस्थापन गर्ने खाका प्रस्तुत गर्दै सुसेलीको पुस्तक निकाल्न चाहने स्रष्टालाई ऋणको समेत सुविधा दिन सकिने बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष सुशीला ढकाल अधिकारीले सुसेली अब उत्कृष्ट लेख्नु पर्ने बेला आइसकेको बताउनु भयो । यसैगरी अर्का उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले सुसेली विधाको विकास र बिस्तारमा विपनामा त लागेकै छु सपनामा पनि यसैको चिन्तनमा लागि पर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष दुर्गा अधिकारी भमरकोटे यस्तो सशक्त टिमको नेतृत्व गर्न पाउँदा आफू अत्यन्त भावुक भएको बताउँदै यो शरीर रहँदा सम्म सुसेलीको विकास र बिस्तारमा लाग्ने बताउनु भयो ।

पदाधिकारीहरूको प्रतिवद्धतापछि अन्तर्क्रियामा सल्लाहकार हरूको बोल्ने क्रम शुरू भयो ।

सल्लाहकार चन्द्रा न्यौपानेले धेरैवटा जिज्ञाशाको समाधान सुसेलीबाट दिनुहुँदै संस्थालाई क्रियाशील बनाउन आफ्नो ठाउँबाट गर्ने सहयोग सधैं रहने कुरा बताउनु भयो । यसैगरी सल्लाहकार सीता विष्ट कार्की सीबिकाले संस्था चलाउनको लागि आवश्यक धेरै टिप्सहरू बताउनु भयो । सल्लाहकार तिलकप्रसाद लुइँटेलले आफू सर्जक र स्रष्टा दुबै नभएको भनी एकछिन सहभागी सम्पूर्णलाई हाँस्यरसपान गराउँदै पाठ्यक्रममा समेत सुसेली विधा समावेश गर्न लागिपरेको कुरा बताउनु भयो ।

सल्लाहकार डा. बम बहादुर थापा जितालीले इतिहासदेखिको कुरा खोतल्दै चन्द्रकला शाह देखि शान्तिनारायण श्रेष्ठको योगदानलाइ समेत सुसेलीले आफ्नो दस्तावेजमा राख्ने बेला आइसकेको बताउनु भयो । यसैगरी डा.शैलेन्दुप्रकाश नेपालले कार्य निरन्तर गरिरहेर परिपक्व भएर समिति निर्माण गर्नु, पुस्तकहरू प्रकाशन गरिरहनु र पटक पटक अन्तर्क्रिया समेत गरेर सुसेली मञ्चले पृथक रूपबाट आफूलाइ अगाडि बडाएको खुसी व्यक्त गर्दै लोकगीत जसरी गाइए पनि शब्द र भावमा उत्कृष्ट बनाउँदै सुसेली विधालाई अगाडि बडाउन सुझाव दिनुभयो । यसैगरी प्रमुख अतिथि एवम् सुसेली मञ्चका संरक्षक तेजप्रकाश बानियाँले संरक्षकको पगरी मात्र गुथ्थिन । सुसेली विधाको विकास र बिस्तारको निमित्त तन मन र धन जे आवश्यक पर्छ सो दिन तयार रहेको बताउनु भयो । करिव ३ घण्टा चलेको उक्त कार्यक्रमको सञ्चालन दामोदर ढकाल दिपकले गर्नुभएको थियो ।

जन आकाश मिडियाले उक्त कार्यक्रमलाई स्वागत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend