जन आकाश
मोहन कार्की ।
काठमाडौ । कुवेतको ख्यातिप्राप्त Al Mulla Exchange र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । Al Mulla Exchange भ कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।
कुवेतमा रहेका नेपालीहरुले Al Mulla Exchange को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सपे्रसले जानकारी दिएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको बताउदै आएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको पनि उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend